शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तीनओटा ट्रक ठोक्किँदा एकजनाको मृत्यु, चार घाइते

  • प्रकाशित मिति : शुक्रबार, माघ १२, २०७४



  • लहान, माघ १२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा शुक्रबार दिउँसो तीनओटा मालबाहक ट्रक एकापसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

    पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा ना७ख १८३५ नम्बरको ट्रक एकापसमा ठोक्किँदा ट्रक चालक उदयपुर, त्रियुगा नगरपालिका–४ का कविराम माझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।

    सोही दुर्घटनामा परी त्रियुगा नगरपालिका–४ का शैला दनुवार, उनीकी आमा सञ्जना दनुवार, सोही ठाउँकी रञ्जु माझी र नीरबहादुर माझी घाइते भएका छन् ।

    घाइतेको लहानस्थित सप्तऋषि नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij