शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फुलचोकी हाइकिङ गएका विद्यार्थी तीन दिनदेखि बेपत्ता

  • प्रकाशित मिति : आइतवार, माघ १४, २०७४



  • ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएका छन्। यो खबर सूर्यप्रसाद पाण्डेले आजको अन्नपूर्णमा लेखेका छन्।

    फुलचोकी डाँडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन्। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन्। विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए। रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए।

    प्राचार्य ओलीले प्रहरी तथा अभिभावकलाई जनाएअनुसार फुलचोकीबाट गोदावरी झर्ने क्रममा पाँच जनाले थकाइ लाग्यो भन्दै छोटो बाटोबाट जान अनुरोध गरेका थिए। तर, ओलीले बाटो अप्ठ्यारो छ भन्दै जान मानेनन्। विद्यार्थीले कर गरेपछि ‘बाटो देखेको भए तिमीहरू जाऊ, गोदावरीमा पुगेर पर्ख’ भन्दै उनले छोटो बाटोबाट झर्न अनुमति दिएका थिए। तर, गोदावरीमा दुवै समूहका विद्यार्थी भेट हुँदा तामाङ देखिएनन्।

    त्यसपछि सँगैका साथी तथा प्राचार्यले समेत धेरैबेर खोजे पनि नभेटिएपछि दिउँसो ४ बजेतिर गोदावरी प्रहरीलाई खबर गरिएको थियो। हाइकिङ गएका क्षेत्रको बाटो अप्ठ्यारो छ, त्यसमाथि हिउँ पनि परेको छ। उनीहरूले छोटकरी भन्दै आएको बाटोमा ठुल्ठूला भीर पर्छन्। छोटो बाटोबाट पाँच जना आए पनि सबै आ-आफ्नै सुरमा हिँडेकाले को, कहाँ पुग्यो भन्नेसमेत थाहा नपाएको बताएका छन्।

    फुलचोकी शिखरमा पुगेर फर्कने क्रममा ललितपुर, थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत जोन तामाङ अघिल्लो बिहीबारदेखि हराएका हुन्।

    प्रहरीलाई बिहीबार नै जानकारी गराइए पनि अँध्यारो भएका कारण सामान्य खोजबिन गरेर प्रहरी फर्केको थियो। उनको खोजी शनिबार पनि जारी छ। शनिबार खोजीमा सहभागी अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विद्यार्थी हराएको ठाउँमा ठुल्ठूला भीर छन्। हिउँ पनि परिरहेको छ। के कारणले हरायो भन्ने किटान गर्न सक्ने अवस्था छैन।’

    विद्यार्थी गोदावरीबाट करिब सात किलोमिटर हिँडेर फुलचोकी पुगेका थिए। लामो समयसम्म उकालो हिँडेका कारण फर्कने क्रममा थकाइ लागेपछि उनीहरूले छोटो बाटो रोजेका थिए। गोदावरीदेखि फुलचोकी शिखरसम्म सात किलोमिटर दूरी भए पनि पाँच किलोमिटरसम्म सडक यातायातको सुविधा छ। सडक पुगेको ठाउँसम्म गाडीमा गएर बाँकी दुई किलोमिटर मात्र पैदल हिँडाउनुपर्ने भन्दै अभिभावकले विरोध गरेका छन्।

    ६ कक्षामा पढ्ने भए पनि उनी १७ वर्षका छन्। विद्यार्थी हराएपछि प्राचार्य ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खोजीका क्रममा उनलाई पनि सँगै लगिएको छ। खोजीमा अभिभावक, स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र र सेनासमेत खटिएका छन्। उनीहरूसँगै तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ।

    जोन हराएपछि बाटो चिप्लो र अप्ठ्यारो भएको लगायत कारण देखाउँदै उनीहरू हाइकिङ गएको बाटो नहिँड्न प्रहरीले सूचना टाँसेको छ। घटनाको प्रकृति हेर्दा जोन बाटोबाट चिप्लिएको हुन सक्ने अनुमान गरिएको छ। खोजीमा संलग्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्कीले भने, ‘प्राचार्यसँग कुरा गर्दा विद्यार्थी शिखरमा पुगेपछि तीन किलोमिटरसम्म सँगै आएका रहेछन्। बीचमा आएपछि हराएका रहेछन्।’ शनिबार साँझ अबेरसम्म खोजी कार्य जारी रहेको उनले बताए।

    पछिल्लो समय हाइकिङ तथा साथीभाइसँगै मिलेर घुम्न जाने प्रचलन बढे पनि सुरक्षा संवेदनशीलता अपनाउन नसक्दा पटक-पटक दुर्घटना हुने गरेको छ। गत वर्ष पनि महाराजगन्जस्थित भ्याली पब्लिक स्कुलमा अध्ययनरत एक विद्यार्थीको साथीहरूसँगै पोखरा घुम्न जाने क्रममा नदीमा डुबेर मृत्यु भएको थियो। उनको मृत्युमा स्कुलले लापरबाही गरेको भन्दै अभिभावक र आफन्तले विरोध जनाएपछि विद्यालयले क्षतिपूर्तिस्वरूप मोटो रकम तिरेको थियो।

    थसिखेलमै बस्दै आएका तामाङ जुम्ल्याहा सन्तान हुन्। उनका बाबु विदेशमा छन्। घरमा उनीहरू आमासँग बस्दै आएका छन्। उनको कानमा समस्या भएका कारण ‘एअर बक्स’ (सुन्न सहयोग पु¥याउने उपकरण) जडान गरिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij