शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एकै रातमा पाँचओटा पसलमा चोरी, व्यापारीद्वारा बजार बन्द

  • प्रकाशित मिति : मङ्लबार, माघ १६, २०७४



  • सर्लाही, माघ १६ । सर्लाही सदरमुकाम मलंगवामा चोरीका घटना बढेका छन् ।

    सोमबार रातिमात्रै सदरमुकाम मलंगवास्थित बाल मन्दिरचोकमा पाँचओटा पसलमा चोरी भएको छ ।

    उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष ईश्वर गुप्ताकाअनुसार विभिन्न व्यापारीले सन्चालन गरिरहेका हार्डवेयर, कस्मेटिक, जुत्ता, किताब र फेन्सी पसलमा चोरी भएको हो ।

    जिल्ला प्रहरी कार्यालयनजिकै मुख्य बजार क्षेत्रबाट लाखौं रुपैयाँको धनमाल चोरी भएपछि स्थानीय व्यापारी त्रसित बनेका छन् ।

    शान्ति–सुरक्षाको माग गर्दै मंगलबार बिहान केहीबेर व्यापारीहरुले मलंगवामा सबै व्यापार–व्यवसाय बन्द गरे ।

    प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र प्रहरी प्रमुख मसउद आलम खाँले चोरी नियन्त्रणका लागि गस्ती बढाउने तथा चोरीमा संलग्नहरुलाई एक/दुई दिनभित्रै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि बन्द खुलेको छ ।

    मलंगवामा पछिल्लो समय शृङखलाबद्धरुपमा चोरीका घटना बढेको व्यापारीहरुले बताएका छन् ।

    सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी राजेश थापाले सोमबार राति भएको चोरीका घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

    चोरी भएका सामानबारे विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij