शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गाई-गोरु तस्करीका लागि कपिलवस्तु मुख्य केन्द्र बन्दै

  • प्रकाशित मिति : बिहिबार, माघ १८, २०७४



  • कपिलबस्तु, माघ १८ । पछिल्लो समय गोरु तस्करीका लागि कपिलवस्तु मुख्य केन्द्र बन्दै गएको छ ।

     

    भारतका बिभिन्न क्षेत्रबाट जमिन जोत्ने उद्देश्य देखाई कपिलबस्तु भित्राएर कागजात मिलाएरै ठूलो संख्यामा दैनिक रुपमा गोरु तस्करी हुने गरेको हो ।

    आवश्यक कागजात भएपछि तस्करहरू प्रहरीकै अगाडि ट्रकमा लोड गरेर पूर्वी नेपाल हुँदै तेस्रो मुलुक बंगलादेशसम्म लैजाने गरेका छन् ।

    कपिलबस्तुका सीमावर्ती क्षेत्रमा गोरु संकलन गरी ट्रकमा लोड गरेर पूर्वी नेपालको झापा, सप्तरी, महोत्तरी, मकवानपुरको नाका हुंदै तेस्रो मुलुक बंगलादेशमा मासुका लागि निकासी गर्ने गरेको बुझिएको छ ।

    हिन्दू धर्ममा गाई र गोरुको विशेष महत्व रहने भएकाले नेपालभर गाई-गोरु काटमार गरे दण्डनीय अपराधका रूपमा मानिने भएकाले सोे प्रयोजनका लागि ओसार-पसार गर्न नपाइने भएपछि तस्करहरूले कागजात मिलाएर तस्करी गरिरहेका छन् ।

    जोत्ने प्रयोजनका लागी गोरु बिक्रि बितरण गरिएको भन्ने लिखित÷मौखिक जानकारी दिएरै सिफारिस गर्ने गरेको पशु क्वारेन्टाइनले जनाएको छ ।

    भन्सार र क्वारेन्टाइन गराएरै जोत्ने प्रयोजनका लागि हेटौंडा लैजान भन्दै बुधबार राती कपिलबस्तुको शुद्धोधन गाउँपालिका, ५ वरहाबाट ३ वटा ट्रक गोरु लोड गरिएको अवस्थामा फेला परेको थियो ।

    ना ६ ख ३१, ना ६ ख ३७२४ र ना ६ ख ३७३२ नम्बरका ट्रकमा लोड गरि झापा, मकवानपुर पुर्याउने इराकी पशुबजार नन्दनगर, २ का संंचालक जमाल अहमद खांले जानकारी गराए ।

    विशेष गरी कुशहवा, भिल्मी, ठाकुरापुर र लक्ष्मीनगर नाकाबाट गोरु नेपाल भित्रने गरेका छन् । गोरुको अवैध तस्कारी भइरहेको गुनासो आएपनि सो कदम रोक्न स्थानीय प्रशासनले कुनै पहल गरेको छ्रैन् ।

    गोरु तस्करले नेपालको भूमि प्रयोग गर्दै बंगलादेशसम्म गोरु पुरयाउने गरेका छन् ।

    जिल्लाको यशोधरा गाउपालिकाको सुठौली, कपिलबस्तु नगरपालिकाको रामघाट, नन्दनगर, बहादुरगंज लगायतका पशु हाटबजार लाग्ने तथा सीमापारिका गाउँहरूबाट खुला सिमानाको फाइदा उठाउँदै गोरु तस्करीका लागि गोरु संकलन गरेर भन्सार र पशु क्वारेन्टाइन गरी पूर्वी नेपालका विभिन्न जिल्लामा भण्डारण गर्दै तेस्रो मुलुक बंगलादेश लगायतका देशमा पुर्‍याउने गिरोह नै सञ्चालनमा छ ।

    भारतबाट अवैधरुपमा नेपाल प्रवेश गराई कपिलवस्तुको कृष्णनगरमा रहेको पशु क्वारेन्टाइनका कर्मचारीको मिलेमतोमा गोरुको नेपाली कागज बनाइएको स्रोतले बताएको छ ।

    खुला सीमाको फाइदा उठाउँदै ती स्थानमा कृषि प्रयोजनका लागि भन्दै भित्राइएका गोरुका लागि क्वारेन्टाइनका कर्मचारीहरुले कागज बनाई दिएबापत अतिरिक्त रकम लिने गरेको बिक्रेता अजय कुमारले जानकारी दिए ।

    बंगलादेशमा गोरु मासु खान प्रयोग गरिने हुँदा यसको माग उच्च रहेको बताइन्छ । यहाँबाट लगिएको गोरु त्यहाँ तेब्बर मूल्यमा बिक्री हुने स्रोतको दाबी छ ।

    जिल्लाको नन्दनगर, पकडी, धनकौली लगायत आधा दर्जनभन्दा बढी स्थानमा अझै पनि रातारात गोरु तस्करले गोरु लोड गर्ने गरेका छन् ।

    यसअघि पनि कपिलबस्तुमा ना ५ ख ८८९०, ना ६ ख ५८०, ना ६ ख २०८१, ना ६ ख ६३०८, ना ६ ख ३३३४, ना ६ ख ५२०५, ना ५ ख ९००९ र ना ६ ख ६५१० नम्बरको ट्रकमा गोरु लोड गरी लैजाँदै गरेको अवस्थामा खरेन्द्रपुरबाट पक्राउ परेका थिए ।

    तस्करले भाडाका मानिसबाट गोरु हिँडाउँदै जिल्ला ल्याउने र ट्रकबाट गन्तव्यमा पुर्‍याउने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij