शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

उपमहानगरपालिकामा टोल फ्री नम्वर शुरु

  • प्रकाशित मिति : शनिबार, माघ २०, २०७४



  • मधु पौडेल , बाँके । जनगुनासो सम्वोधनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले टोल फ्रि नम्वर फोन सेवा शुरु गरेको छ । पारस्परिक जवाफदेहिता परियोजनासँगको सहकार्यमा उपमहानगरपालिकाले बुधबारदेखि १६६०–८१–५२०५२ नम्वरको पैंसा नलाग्ने कल सेवा शुरु गरेको हो । उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर रणा र उपप्रमुख उमा थापा मगरले एक समारोहबीच संयुक्त रुपमा उदघाटन गर्नु भयो ।

    नेपालगञवासीले अब जुनसुकै समयमा कल गरेर आफना समस्या सम्वन्धित निकायमा राख्न पाउने भएका छन् । फोनमार्फत आएका समस्या- गुनासालाई टिपोट गरेर सम्वोधन गरिने नगर प्रमुख राणाले जनाउनु भयो ।

    उपप्रमुख थापामगरले जनतालाई सूचना दिन र नगरपालिकाको सूचना पाउन सहज हुने विश्वास व्यक्त गर्नु भयो । टोल फ्रि फोनले नगरवासीको समय, पैंसा र परेशानी दुर गर्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जीकीर गर्नु भयो । उपमहानगरपालिकाले अब मोवाइल एप्सको पनि शुरुवाती गर्दैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij