शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण मंगलबार

  • प्रकाशित मिति : सोमवार, माघ २२, २०७४



  • रौतहट, माघ २२ । धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण गरिने भएको छ ।

    कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्पप्रतिरोधात्मक सुविधा–सम्पन्न ४७ ओटा घर निर्माण भइसकेकाले मंगलबार (भोलि) आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो ।

    गत असोज ४ गते शिलान्यास गरिएको सो नमुना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावरसमेत निर्माण गरिएको छ ।

    गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा–सम्पन्न घर बनाइएको हो ।

    करिब रु पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती बनाउन कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गर्दै आएका थिए ।

    सो एकीकृत नमुना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउन्डेसनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए ।

    धुर्मुस–सुन्तली फाउन्डेसनको यो चौथो परियोजना हो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij