शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘धुर्मुस-सुन्तली’को पहलमा निर्माण भएको नमूना बस्ती आज हस्तान्तरण गरिदैं

  • प्रकाशित मिति : मङ्लबार, माघ २३, २०७४



  • रौतहट, माघ २३ । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिँदै छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक कार्यक्रमकाबीच बस्ती हस्तान्तरण गर्ने कार्यक्रम छ ।

    कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प–प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले हस्तान्तरण गर्न लागिएको हो ।

    गत असोज ४ मा शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यू टावरसमेत निर्माण भएका छन् ।

    गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुवानमा परेपछि धुर्मस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो ।

    करिव ५ करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण भएको सो बस्तीमा कलाकार धुर्मस दिनरात आफैं खटेर काम गर्दै आएका थिए  ।

    एकीकृत नमुना बस्ती अपांगमैत्री, बालमैत्री र वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको छ । धुर्मस–सुन्तली फाउन्डेसनको यो चौंथो परियोजना हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij