शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपालमा सवारी दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउँछन्

  • प्रकाशित मिति : मङ्लबार, माघ २३, २०७४



  • काठमाडौं, माघ २३ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् ।

    नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७८७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै ०७१/७२ मा दुई हजार चारजनाको, ०७२/७३ मा दुई हजार ६ जनाको, ०७३/७४ मा दुई हजार ३८४ जनाको र ०७४/७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ ।

    प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनि हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउँछन् । ‘दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्,’ उनी भन्छन् ।

    आव ०७०/७१ मा आठ हजार ४०६, ०७१/७२ नौ हजार १४५, ०७२/७३ मा १० हजार १३, ०७३/७४ मा १० हजार १७८ र र ०७४/७५ को कात्तिक मसान्तअर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् ।

    सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij