प्रकाशित मिति : बुधबार, माघ २४, २०७४
मेडीसिटि अस्पतालले बुध्द एयरका रोयल क्लव सदस्यहरुलाई उपचारमा लाग्ले शुल्कमा विशेष सहुलित दिने भएको छ। सहुलियत दिनेबारे दुई संस्थाबीच सम्झौता भएको भएसँगै रोयल क्लबका सदस्यले सहुलियत पाउने भएका छन्।
सम्झौता पत्रमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत र नेपाल मेडीसिटि अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार बुध्द एयरका कर्मचारी तथा त्यसका नियमित यात्रुहरुलाई समेत नेपाल मेडिसिटीले विशेष छुटको व्यवस्था गरेको बुद्ध एयरले जानकारी दिएको छ।
बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेतले सम्झौताबाट रोयल क्लबका सदस्यहरुका साथै आफ्ना कर्मचारीहरु पनि लाभान्वित हुने बताए।
स्वस्थ नागरिक बनाई समृद्धिको मार्गमा अघि बढ्न मेडीसिटि अस्पतालको स्थापना एउटा अभियानको रुपमा सुरुवात भएको अस्पतालका अध्यक्ष डा. महतोले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij