प्रकाशित मिति : बिहिबार, माघ २५, २०७४
मोटरसाइकलको ठक्करबाट तुलसीपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेका बुवा टेकबहादुर पाण्डेको मृत्यु भएको छ।
तुलसीपुर अमेलिया सडक खण्ड अन्तरगत तुलसीपुरको वडा नं. ६ रजौरामा बुधवार दिउँसो रा ३ प ८७२४ नं. मोटरसाइकलले पैदल हिँडिरहेका ७२ वर्षीय पाण्डेलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।
मोटरसाइकलको ठक्करबाट घाइते भएका पाण्डेको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij