शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बिहेको अघिल्लो रात बेहुला बेपत्ता, ६ दिन बित्दासमेत फेला परेनन्

  • प्रकाशित मिति : शनिबार, माघ २७, २०७४



  • नवलपरासी, माघ २७ । घरमा कामको चटारो थियो, बिहेका लागि सरसामान जोरजाम पारिदैं थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । गत सोमबार विवाहको लगन जुराइएको थियो ।

    गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण खरेल अघिल्लो बेलुकासम्म परिवारको सदस्यसँग हाँसीखुशी व्यवहार गरिरहेका थिए । तर मध्यरातदेखि उनी बेपत्ता भए । घर नजिककी युवतीसँग विवाह छिनिएको थियो उनको । दुवै परिवारले सबै तयारी पुरा गरिसकेका थिए । बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन् ।

    ९ वर्षदेखि स्पेनमा बस्दै आएका थिए बालकृष्ण । गत मंसिरमा उनी घर आएका थिए । आफन्तका अनुसार उनकै राजीखुशीले विवाहको टुंगो लागेको थियो ।

    परिवारले इलाका प्रहरी कार्यालय गैंडाकोट, रजहर र जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन् । प्रहरीले हराएदेखि नै बालकृष्णको मोबाइल ‘स्वीच अफ’ रहेको तर फेसबुक भने ‘एक्टिभ’ भएको जनाएको छ ।

    फेसबुकमा अनलाइन देखिए पनि परिवारले सोधेको कुराको जवाफ आएको छैन । बिहीबार राति ११ः३९ मा उनको फेसबुकमा ‘भोलि बालकृष्णको अन्तिम दिन हो’ भन्ने स्टाटस अपडेट भएको देखेपछि परिवारजन गहिरो चिन्तामा छन् । त्यसको अघिल्लो दिन उनको म्यासेन्जरमा फोन गर्दा हिन्दीमा ‘बालकृष्ण नही हे’ भन्ने जवाफ आएको र त्यसपछि फोन राखिएको परिवारजनको भनाइ छ ।

    शंकास्पद संवाद र फेसबुक स्टाटसका आधारमा उनको अपहरण भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । –कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij