मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

ओली–दाहालबीच भेट : बुधबार एकता संयोजन समिति बैठक

  • प्रकाशित मिति : सोमवार, माघ २९, २०७४



  • पार्टी एकताको विषयमा छलफल वाम गठबन्धनको एकता संयोजन समितिको बैठक बुधबार बस्ने भएको छ।

    एमाले अध्यक्ष  केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वान टू वान भेटपछि एकता संयोजन समिति बैठक डाक्ने तयारी भएको हो।

    ओली र ‘प्रचण्ड’बीच आज पार्टी एकता र सरकार गठनबारे छलफल भएको थियो। छलफल पछि समानुपातिकको सांसदको टुङ्गो गर्न डाकिएको माओवादी शीर्ष नेताको बैठकमा प्रचण्डले बुधबार बैठक डाकिने बताएका हुन्।

    प्रचण्डले मंगलबार पुन: ओलीसँग आफूले छलफल गर्ने बताएका छन्।

    बिहान सवा १० बजेदेखि दुई नेताबीच ललितपुरको एक घरमा छलफल भएको थियो। एमाले स्रोतका अनुसार ओली र दाहालको आजको भेट एकीकृत पार्टीको नेतृत्वमा केन्द्रीत थियो।

    माओवादी केन्द्रले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक व्यक्ति प्रस्ताव गरेको छ। एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए प्रचण्डले अध्यक्ष पाउनु पर्ने माओवादीको प्रस्ताव छ।

    तर एमाले भने अहिले नै प्रचण्डलाई अध्यक्ष दिन तयार छैन। ओली प्रधानमन्त्री भएर पार्टीमा दुई सहअध्यक्ष बनाई अघि बढ्नु पर्ने एमालेको प्रस्ताव छ।

    नेतृत्वको विषयमा दुई पार्टीका फरक प्रस्ताव भएपछि पछिल्लो समय एकता प्रक्रियाको गति सुस्त मात्र थिएन, आशंका पनि जन्माएको थियो।

    शनिबार चितवनमा माओवादी अध्यक्ष प्रचण्डले आवश्यक परे आफूले नयाँ फड्को मार्न सक्ने बताएपछि एमाले नेताहरुले नै उनको अभिव्यक्तिलाई एकता प्रक्रियासँग जोडेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij