शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

इन्टरनेट प्रयोगकर्ता पाँच वर्षमा तेब्बर बढे

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १५, २०७४



  • काठमाडौं, फागुन १५ । इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेको छ । दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ ।

    ५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ताको दर करिब २० प्रतिशत थियो भने यो वर्षको मंसिरको तथ्यांकअनुसार यो दर ६३ प्रतिशत पुगेको छ ।

    कुल जनसंख्यालाई इन्टरनेट प्रयोगकर्ताको संख्याले भाग गरी यो प्रतिशत निकाल्ने गरिन्छ । तर, नेपालको जनसंख्या गणना पछिल्लो पटक २०६८ मा भएकाले अहिलेको प्रतिशत निकाल्दा पनि सोही जनसंख्यालाई आधार मानिएको छ । उक्त जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार छ । –कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij