प्रकाशित मिति : बिहिबार, फाल्गुन २४, २०७४
को होला त्यो मसँग आँखा जुधाउने, नचिनेनि मसँग अलि लजाउने.. बोलको गीत र को होला त्यो २ (तिमि आउँछौं कि भनी मत कुरीरहेको लाकुरी फेदमुनि, झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर नआको किन होनि ?) को सफलतापछि उनले त्यसलाई निरन्तरता दिँदै को होला त्यो ३ सार्वजनिक गरेका हुन् । (भिडियो हेर्न गीतको बोलमा क्लिक गर्नुहोस्)
पहिलो गीतको भिडियोदेखि तेस्रो गीतसम्म मोडल पल शाहले अभिनयमा निरन्तरता दिएका छन् । पलसँग पहिलो गीतमा प्रकृति श्रेष्ठ, दोस्रो गीतमा करुणा श्रेष्ठको अभिनय रहेको छ । को होला त्यो ३ को भिडियोमा भने पल र क्रिष्टिना थापाको मूख्य अभिनय छ ।
‘टोलाँउदै होला कोही बोलाउदै होला कोही डाँडा पारीको गाँवैमा, आउँछ भनेर कति सपना साँच्दै होली मेरो नाँवैमा..’ बोलको गीत सुनिलले सार्वजनिक गरेका हुन् ।
गीतमा गायक सुनिलकै शब्द, संगीत र आवाज रहेको छ भने उनलाई टिका गुरुङ र बेनुका राइले गायनमा साथ दिएका छन् । गीत ‘यो मन’ एल्बममा समावेश छ ।
सिक्किममा विभिन्न मनमोहक स्थानमा खिचिएको भिडियोबाट निकै राम्रो प्रतिक्रिया आइरहेको गायक सुनिलले बताए ।
अनिल के मानन्धरको निर्देशन र छायाँकनमा भिडियो तयार भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij