शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपाल एयरलाइन्सले ६ भाइकिङ ट्विनअटर जहाज किन्ने

  • प्रकाशित मिति : आइतवार, चैत्र १८, २०७४



  • आन्तरिक उडान थप गर्न नेपाल वायुसेवा निगमले ६ वटा भाइकिङ ट्विनटर जहाज खरिद गर्ने भएको छ।

    चीनबाट ल्याएका जहाजले उडान गर्न नसकेपछि सरकारी स्वामित्वको एयरलाइन्सले दुर्गम क्षेत्रमा उडान गर्न भन्दै क्यानेडियन कम्पनी भाइकिङ एयरले बनाएका ट्विनअटर जहाज खरिद गर्ने भएको छ।

    व्यावसायिक योजना बनाएर संचालक समितिमा पठाउने तयारीमा रहेको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए।

    दुर्गममै उडान गर्ने प्रायोजनका लागि वाइ १२ सिरिजका ४ र सुगम क्षेत्रमा उडान गर्न एमए १६ सिरिजका २ विमान चीनबाट एयरलाइन्सले ल्याइसकेको छ।

    तर तोकिएको क्षमतामा उडान गर्ननसक्ने, पाइलट अभाव र पार्टसको अभावले नियमित उडानै नसकी आन्तरिक उडानमा बिलाएको एयरलाइन्स ट्विनअटर ल्याएर आन्तरिक उडानमा आक्रमक हुने योजनामा रहेको छ।

    एयरलाइन्सको उक्त तयारीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पनि साथ दिएका छन्। उनको सय दिने कार्ययोजनामै जहाज किन्न सैद्धान्तिक सहमति दिने उल्लेख गरेका छन्।

    उनले नेपालका दुर्गम क्षेत्रमा सरकारी एयरलाइन्सको भुमिका नहुँदा अरुले सिन्डिकेट जमाएको भन्दै छिटोभन्दा छिटो जहाज किन्ने योजना अगाडि बढाउने बताए।

    यसअघि सन् १९७१ मै पहिलोपटक ट्विनअटर विमान ल्याएको एयरलाइन्सले नेपालका प्राय सबै दुर्गम क्षेत्रमा उडान गरेको थियो। हाल पनि तीनवटा ट्विनअटर  भएको एयरलाइन्सले एउटामात्र उडाएको छ। तर अब ल्याइने विमान भने पुराना ट्विनअटर होइनन्।

    कम्पनी परिवर्तन भएर नयाँ सिरिजका जहाज उत्पादन भइरहेकाले नयाँ ल्याउने भएपनि सिट क्षमता भने १९ नै रहने छ।

    एयरलाइन्सले ल्याउने भनिएका जहाज भाइकिङ ट्निअटर डिएचसी–६–४०० सिरिजका हुन्। कम्पनीबाट सिधै खरिद गर्ने योजना बनाएको एयरलाइन्सले यसको लागि बढीमा सवा ३ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij