प्रकाशित मिति : बुधबार, अशोज १२, २०७३
चाडबाड नजिकिँदै गएपछि यतिबेला ठूला व्यवसायीक घरनादेखि सामान्य व्यवसायीक क्षेत्रले पनि बिभिन्न अफर घोषणा गरिरहेका छन् । दशैँ–तिहार र छठ पर्वको अवसर पारेर व्यवसायीक क्षेत्रले आफ्ना उत्पादन खरिदमा यस्तो अफर जारी गररहेका हुन् ।
खासगरि, अहिले मोटर उत्पादक तथा बिक्री तथा वितिरक कम्पनीहरु, मोबाइल तथा ठूला मलहरुमा विभिन्न खाले छुटसहित उपहार योजना सुरु भएको छ । नेपालमा आफ्नो उत्पादन बिक्री गर्दै आएका चर्चित गाडी उत्पादक कम्पनीले यो अवसरमा आफ्नो उत्पादनको खरिदमा बिषेश अफर पस्किरहेका छन् । यस्तै, मोटरसाइकल, स्कुटहरुमा समेत भारी छुटसहितका अफर योजना सार्वजनिक भइरहेका छन् । दशैँ–तिहारको अवसरमा आफ्नो बिक्री बढ्ने भएकाले पनि विभिन्न कम्पनीले छुटसहितको योजना सार्वजनिक गर्ने गरेका छन् ।
राजधानी लगायत मुलुकका विभिन्न शहरमा रहेका ठूला सपिङ कम्प्लेक्स र मलमा पनि यतिवेला दशैंतिहार अफर सुरु भइसकेको छ । ग्राहकको रुची अनुसार सामान खरिदमा नगद छुट देखि हातखालि नहुने उपहार समेत घोषणा भइरहेका छन् । दशै सुरु हुन धेरै समय नरहेकाले पनि त्यस्ता मलमा ग्राहकको भीडभाड बढ्न थालेको छ ।
यस्तो छ मोटर कम्पनीहरुको दशै–तिहार योजना
महिन्द्रा
दशैं–तिहारको अवसर पारेर गाडी कम्पनीहरुले आफ्नो उत्पादनको खरिदमा धमाधम नयाँ योजना पस्किरहेका छन् । यसै सन्दर्भमा महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी गुप्रले आफ्ना गाडीको खरिदमा बिषेश योजना ल्याएको छ । कम्पनीले लोकप्रिय मोडलहरु केयुभी १००, टीयुभी ३०० र एक्सयुभी ५०० जस्ता गाडीको खरिदमा दशैं–तिहारको अवसर पारेर अफर लागु गरेको छ । महिन्द्राले चारवटा फुलफेल्ज्ड सर्भिस, फ्रि–एसेसेरिज दिने घोषणा गरेको छ । कम्पनीले ‘दशैं उत्सव अफर’ अन्तर्गत आफ्ना ग्राहकलाई केयुभी १०० र टीयुभी गाडीको खरिदमा ल्याएको अफरलाई लागु गरेको छ ।
हुन्डाई
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्लले दशै, तिहार गेट, सेट, गो अफर योजना ल्याएको थियो । सो अवसरमा नयाँ हुण्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको नगद छुट, एक बर्षको बीमा, ५६ जनाका लागि सामसुङ ग्यालेक्सी एस ६ इडीज स्मार्टफोन र बम्परमा हुन्डाईको क्रेटा जित्ने अवसर पाएका छन् । सेट अफर अन्र्तगत ५६ जनाले भाग्यशाली ग्राहकले सामसोङ ग्यालेक्सी एस ६ इडीज जितेका छन् । गेट सेट गो अफरको बिजेताको घोषणा न्युज २४ टेलिभिजन मार्फत लाइभ लक्की ड्र मार्फत भदौ ६ गते गरिएको थियो । सो अफरको उपहार वुटवलकी सुमी श्रेष्ठले जितेकी थिइन ।
रेनोल्ट

रेनोल्ट कारको आधिकारिक बितरक एडभान्स अटो मोबाईल प्रालिले दशै– तिहारको अवसरमा रेनोल्ट क्यासटिभल योजना ल्याएको छ । भदौ १४ गतेदेखि कार्तिक २१ गतेसम्म लागु हुने यो अफरमा रेनोल्ट कार खरिद गर्न चाहने ग्राहकले यो अवधीभर उत्कृष्ट सुविधा प्राप्त गर्ने छन् । महोत्सव अफरमा रेनोल्ट डस्टरको खरिदमा १ लाख २५ हजार तथा क्विडको खरिदमा ९० हजार क्यास ब्याक प्राप्त गर्ने जनाइएको छ । क्यास ब्याकको अतिरिक्त ग्राहकले १० हजार मूल्य बराबरको गिफ्ट ह्याम्परका साथै एक जोडिलाई सिंगापुरको राउण्ड ट्रिपको टिकट फ्री दिने जनाएको छ ।
कम्पनीले एक्सचेन्ज अफरका साथै न्यूनतम ब्याजदरमा मासिक किस्ताबन्दी र एक वर्षको लागि सडक कर छुट सुविधा उपलब्ध गराउनेछ । पुरानो गाडि साटेर नयाँँ रेनो कार सहज रुपमा खरिद गर्न सक्ने छन् ।
टोयोटा
अर्को ठूलो मोटर कम्पनी टोयोटाले दशैको अवसरमा ‘टोयोटा दशैं एक्सचेञ्ज मेला’ सहित अफर लागु गरेको छ । दशैंको पूर्वसन्ध्यामा आयोजित मेलाको प्रमुख आकर्षणका रुपमा टोयोटाको नयाँ कारसँग ग्राहकले कुनै पनि आफ्नो पुरानो कार साट्न सकिने व्यवस्था गरिएको थियो । टोयोटाका विभिन्न प्रयोग भैसकेका (पुराना) तर प्रमाणित कार खरिद गर्ने सुविधा समेत मेला मार्फत उपलब्ध गराइएको थियो । मेलामा ग्राहकले आफ्नो सवारीको निःशुल्क परिक्षण (१६० वटा फ्री–चेक प्वाइण्ट) गराउनुका साथै भाग्यमानी ग्राहकले आकर्षक उपहार समेत प्राप्त गरेका छन् । ३ दिनको मेला अवधिभर १ सय ५० जनाले मेलाको अवलोकन गरेकोमा २५ वटा सर्टिफाइड कार तथा १० वटा टोयोटाका नयाँ कार बुकिङ भएको छ ।
यामाहा

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’को संचालन ग¥यो । यामाहाका उत्पादन खरिदमा तीन जना साप्ताहिक बिजेताको नाम पनि घोषणा गरेको छ । यो योजनामा बिर्तामोडका अरुण फुयाल चौथो बिजेता घोषित भएका हुन् । एमएडब्लुले दशैंको अवसरमा ग्राहकका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको हो । यस अन्तर्गत यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ छुट पाउनुका साथै हरेक साता एक जना भाग्यशालीले जापान भ्रमण गर्ने अवसर प्राप्त गर्ने छन् । योजना तिहारसम्म जारी रहने छ । ‘टेक्नो ट्रिप टु टोकियो’का साप्ताहिक विजेताले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने मौका पाउनेछन् ।
एमएडब्लुले भर्खरै मात्र ‘स्पोर्टी’ स्कुटर रे जेडआर सार्वजनिक गरेको थियो । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर३को समेत विक्री गर्दै आएको छ ।
होण्डा
होण्डा वाइककोले पनि दशैं–तिहार अफर ल्याएको छ । उसले होण्डा बाइकको खरिदमा चार हजार पक्का र अधिकतम एक लाख रुपैयाँ सम्म छुटकोको योजना लागु गरेको छ । होण्डाले ‘होण्डा ह्विल अफ फर्चुन’ योजना लागु गरेको छ ।
हिरो

अर्को मोटरसाइकल कम्पनी हिरोले ‘जाउँ हिरो लिउ, सुनचाँदी पैसा पाउँ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले यो योजना अन्र्तगत बाइक खरिदमा ६ हजार र स्कुटरमा ८ हजार नगद छुटको व्यवस्था गरेको छ । छठसम्म चल्ने यो योजनामा स्क्रयाचमा एक वा २ सुन र हरेक साता वम्परमा एक लाख उपहार घोषणा गरेको छ ।
अप्रिला

अर्को मोटरसाइकल कम्पनी अप्रिलाको उत्पादनमा पनि दशैं–तिहार अफर लागु भएको छ । अप्रिलाले डिस्काउण्ट अफरमा एसटिएक्स वाइकमा १४ हजार र अप्रिला इटिएम्समा १८ हजार लागु हुने जनाएको छ । उसले तीन हजार रुपैयाँको हेलमेट सबै ग्राहकलाई निःशुल्क उपलव्ध गराउने भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij