शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बोल्टको चकित पार्ने क्याच जसमा कोहली भए आउट

  • प्रकाशित मिति : आइतवार, बैशाख ९, २०७५



  • जारी इन्डियन प्रियमिर लिग (आइपिएल) मा  शनिबार ट्रेन्ट बोल्टले गरेको क्याचले क्रिकेट जगतलाई चकित पारेको छ।

    शनिबार राति चिन्नस्वामी रंगशाला बैंगलुरूमा भएको रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयरडेभिल्सको खेलका क्रममा बोल्टले सो क्याच लिएका हुन्।

    न्युजिल्याण्डका खेलाडी बोल्ट आइपिएलको यो संस्करणमा दिल्लीबाट खेलिरहेका छन्।

    खेलको ११ औं ओभरमा  बैंग्लोरका कप्तान विराट कोहलीले हानेको छक्का हुन सक्ने बललाई बोल्टले उफ्रिएर एक हातले समातेका थिए।

    बल समातेर भुइँमा पुग्दा उनी बाउन्ड्री रोपभन्दा केही मिलिमिटरमात्र भित्र थिए।

    ‘खुसी लाग्यो। त्यो एउटा यस्तो क्याच थियो जसलाई हेर्दा आफू आउट हुनु परेकोमा दु:ख  लाग्दैन,’ कोहलीले भनेका छन्।

    इंग्लान्डका पूर्वकप्तान माइकल भवनले यो उत्कृष्ट क्याच भएको बताएका छन्।

    ‘मेरो विचारमा हामीले अहिलेसम्मकै सबैभन्दा उत्कष्ट क्याच देख्यौं,’ भवनले भनेका छन्।

    बोल्टको दुर्लभ क्याचका बावजुद् खेल दिल्लीले आफ्नो पक्षमा भने पार्न सकेन।

    अर्का ब्याट्सम्यान एबी डि भिलर्सले अविजित ९० रन हानेपछि दिल्लीले दिएको १७५ रनको लक्ष्य बैंग्लोरले १८ ओभरमै भेट्टायो।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij