शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दरवाङमा टेलिफोन सेवा विस्तार

  • प्रकाशित मिति : आइतवार, बैशाख ९, २०७५



  • म्याग्दी, वैशाख ९ । सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ ।

    सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन विस्तार गरेको हो । टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव साहले जानकारी दिए ।

    तारजडित टेलिफोन सेवा विस्तार भएपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङ बजारका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज भएको छ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवामा सहज भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

    टेलिकमले यसअघि बेनीमा एक हजार २६१, पर्यटकीयस्थल घोडेपानीमा ३४ र गलेश्वरमा ५१ लाइन तारजडित टेलिफोन वितरण गरेको छ । एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा टेलिकमले गत चैतसम्म ७२ हजार ५५७ पोष्टपेड र प्रिपेड मोबाइल सिम वितरण गरेको छ ।

    असी प्रतिशत जिल्लावासीमा नेपाल टेलिकमको सञ्चार सेवाको पहुँच पुगेको शाखा प्रमुख साहले बताए ।

    म्याग्दीमा टेलिकमका २५ मोबाइल बिटिएस, पाँच सिडिएमए र चार वाइम्याक्स टावर सञ्चालनमा छन् । यसै महिनाभित्र धौलागिरि गाउँपालिकाको केन्द्र मुना, मंगला गाउँपालिकाको झाँक्रेपानी र बेनी नगरपालिका–२ ज्यामरुककोटमा तीन नयाँ बिटीएस टावर सञ्चालनको तयारी भइरहेको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij