प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३
जेपी थुलुङ, सोलुखुम्बु । जिल्ला बागबानि केन्द्र फाप्लू सोलुखुम्बुले लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७१/७२ को तुलनामा ७२/७३ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गर्न सफल भएको हो । आर्थिक वर्ष ७२÷७३ मा कार्यालयले ७३ हजार १ सय २० रुपैया १४ पैसा बढि राजश्व संकलन गरेको बागबानि केन्द्र फाप्लूका निमित्त केन्द्र प्रमुख मिन प्रसाद पराजुलिले जानकारी दिनुभयो ।
कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा ५ लाख ८५ हजार २ सय ८७ रुपैयाँ राजश्व संकलन भएको थियो भने आर्थिक वर्ष ७२/७३ मा ६ लाख ५८ हजार ४ सय ७ रुपैया १४ पैसा राजश्व संकलन भएको छ । यो आर्थिक वर्ष २०७१/७२ भन्दा १२.५० प्रतिशतले बढि हो । निमित्त केन्द्र प्रमुख पराजुलिका अनुसार फलफूल र विभिन्न जातका बेर्नाको बिक्रि बढि भएका कारण यो वर्ष राजश्वमा बृद्धि भएको हो ।
यस्तै चालु आर्थिक वर्ष ७३/७४ मा कार्यालयले १५ हजार भन्दा बढि राजश्व संकलन गरीसकेको छ ।
यसैबिच बागबानि केन्द्र फाप्लूमा श्रावण १ गतेदेखि आजसम्म करीव ३ सय जनाले अवलोकन तथा भ्रमण गरेका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij