प्रकाशित मिति : सोमवार, बैशाख १७, २०७५
बर्षात छेत्री , दाङ । स्व खडक देबि पाण्डेको स्मृतिमा सर्रा प्रहरी चौकीमा करिब २ लाख लगानीमा निर्मित प्रतीक्षालय पाण्डे परिवारले उदघाट्न गरि प्रहरीलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिङ तथा स्व पाण्डेका पति हेमन्त पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
स्व पाण्डेका तीन भाइ छोराहरु बिनोद,राजेन्द्र र हरि पाण्डेले मिलेर निर्माणकार्य गरेको कार्यक्रमका अध्यक्ष तथा स्व पाण्डेका पति हेमन्त पाण्डेले बताउनुभयो । कार्यक्रमका अध्यक्ष पाण्डेले आफ्नो क्षेत्रमा प्रहरी आएको समयदेखि सकारात्मक काममा निकै अघि बढेको देखेर आफुलाई पनि केही गरौ भन्ने लागेर परिवारको स्मृतिमा यो प्रतीक्षालय बनाउन छोरालाई भनेको बताउनुभयो ।
त्यसैगरी प्रमुख अतिथि प्रहरी उपरीक्षक दुर्गा सिङले पाण्डे परिवार जस्तै समाजमा सकारात्मक भुमिका खेल्न सबैलाई आग्रह गर्नुभयो । उहाँले ईच्छा शक्ति दर्हो बनाई सकारात्मक भै सफा मन लिएर अगाडि बढे जे पनि गर्न सकिन्छ भन्नुभयो । उहाँले जनतापनी बिना बर्दिका प्रहरी भएकोले समाज सुधार्ने सबैको दायित्व भएकोले आ-आफ्नो दायित्वबाट कोहि पनि पर नसरी काम गर्न आग्रह गर्दै यदि कहि कतै प्रहरी कर्मचारीले जानीनजानी गल्ती गरेको भेटिएको खण्डमा खबरदारी गर्न आग्रह गदै पाण्डे परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
उदघाटन प्रमुख अतिथि सिङ र अध्यक्ष पाण्डेले संयुक्तरूपमा गर्नुभएको थियोे ।त्यसैगरी स्वागत मन्तव्य चौकी ईन्चार्ज देब राज वलीले दिनुभएको थियो भने सहजीकरण स्व पाण्डेका छोरा राजेन्द्र पाण्डेले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij