शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कर्णालीको राजधानीमा अब मोवाईलबाटै पानीको बिल तिर्न सकिने

  • प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५



  • कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका वासिन्दाले अब आफ्नो धारामा आउने पानीको वील मोवाईलबाट नै तिर्न सक्ने छन् । वीरेन्द्रनगरमा खाने पानी वितरण गर्दै आएको उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाले अबदेखि पानीको वीले मोवाईलबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । त्यसका लागि संस्थाले ई–सेवासंग सहकार्य गरेको छ ।

    खानेपानीको सेवावापत लिईने महशुल भुक्तानि गर्नका लागि समेत धेरै ग्राहकले धेरै समय खर्च गर्नुपर्ने बाध्यता अन्त्य गर्न अनलाईनबाट विल भुक्तानी गर्न सक्ने वातावरण मिलाइएको संस्थका अध्यक्ष कुलमणी देवकोटाले बताए ।

    ‘यथासक्य राम्रो सेवा प्रवाह गर्ने संस्थाको उद्देश्य अनुसार संस्थाले विभिन्न निकायहरुसँग समयसमयमा छलफल, परामर्श र समन्वय गरि सेवा स्तर उन्नति गर्ने कार्य अगाडि वढाइरहको छ ।’ संस्थाका अध्यक्ष देवकोटो भने– ‘उपभोक्ताले आफ्नो मोवाईल फोनको प्रयोगबाट ई–सेवामार्फत खाने पानीको महशुल भुक्तानी गर्न सक्नेछन् ।’
    संस्थाको अनलाईन विल भुक्तानिका लागि दियालो टेक्नालोजिले ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर बनाएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij