शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एनसेलमा अब १३ पैसामा इन्टरनेट

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३



  • काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रतिएमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने छन् ।

    सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने

    यो योजना असोज १९ गतेवाट लागु हुने जनाइएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार १०० एमबीको दैनिक, ५०० एमबीको साप्ताहिक अथवा २००० एमबीको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

    १०० एमबी दैनिक डे डेटा प्याक ग्राहकले २० रुपैयाँमा खरिद गरी प्रतिएमबी २० पैसामा ईन्टरनेट सेवा लिन सक्ने जनाइएको छ । साथै ५०० एमबी डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक ८० रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ ।

    प्रतिएमबी १६ पैसामा ईन्टरनेट सेवालिन सक्छन् । ग्राहकले २००० एमबी डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक २५० रुपैयाँमा खरिद गर्न सक्छन् । यो डेटा प्याक अन्र्तगत ग्राहकले अब मात्र १३ पैसा प्रतिएमबीमा ईन्टरनेट चलाउन सक्ने डे डेटा प्याकका मुल्य कर बाहेकका रहेको कम्पनीले जनाएको छ ।

    ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सकिने छ । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij