बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

तीन करोडको लागतमा धर्मशाला निर्माण

  • प्रकाशित मिति : बिहिबार, साउन २४, २०७५



  • कञ्चनपुर, २४ साउन –  भीमदत्तनगरपालिका–९ ब्रह्मदेवमा रहेको सिद्धनाथ मन्दिर संरक्षण समितिले रु तीन करोडको लागतमा सो मन्दिरमा धर्मशाला निर्माण गरेको छ ।

    मन्दिरमा सङ्कलित रकमले प्रसिद्ध सिद्धनाथ मन्दिर परिसरमा दर्शनार्थीका लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गरिएको हो । चार वर्षअघि निर्माण कार्य प्रारम्भ गरिएको धर्मशालामा दर्शनार्थी बस्नका लागि ११ कोठा, एक हल, शौचालय र स्नान घर निर्माण गरिएको छ ।

    प्राचीन सिद्धनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको रकम सङ्कलन गरी धर्मशाला निर्माण गरिएको समितिको कार्यालय प्रमुख गोविन्द महताले बताउनुभयो । धर्मशाला निर्माणको सबै कार्य यस वर्ष पूरा हुने उहाँको भनाइ छ ।

    आर्यघाटका लागि जग्गा दान

    मन्दिर, विद्यालय तथा खेल मैदानका लागि प्रायः जसो जग्गादान गर्ने गरेको पाइन्छ तर दक्षिणी क्षेत्रअन्तर्गत एक स्थानीयले शव दाह गर्ने आर्यघाटका लागि जग्गा दान गरेका छन् ।

    पुनर्वास नगरपालिका–१० विकास बस्तीका स्थानीय समाजसेवी मीनबहादुर देउवाले करीब रु सात लाख मूल्य पर्ने पाँच कट्ठा जग्गा शव जलाउने आर्यघाटका लागि निःशुल्क रूपमा दान गर्नुभएको छ । देउवा परिवारले आर्यघाटका लागि जग्गा दान गरेपछि स्थानीय बासिन्दालार्ई शव जलाउन सहज भएको छ । देउवाद्वारा आर्यघाटका लागि जग्गा प्राप्त गरेपछि पुनर्वास नगरपालिकाले शव जलाउने थलो, खानेपानी धारा, करीब ३०० जना मलामी विश्राम गर्ने पक्की टहरो निर्माण गरिएको छ ।

    आर्यघाट निर्माण भएपछि पुनर्वासका वडा नं १ देखि ११ सम्म का स्थानीय लाभावान्ति भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij