मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

देशको आर्थिक अवस्थामा छिट्टै सुधार ः प्रधानमन्त्री

  • प्रकाशित मिति : शनिबार, साउन २६, २०७५



  • काठमाडौँ, २५ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताउनुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रदेश नं ५ का सांसदसँगको छलफलमा उहाँले भन्नुभयो, “वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउनेछ ।”

    प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक सङ्कटमा पुगेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारलाई जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएको हुँदा आफूहरु देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने दृढता व्यक्त गर्नुभयो ।

    छलफलमा सहभागी सांसद नन्दलाल रोकाया क्षेत्रीले प्रदेश नं ५ को विकास निर्माण, पछाडि परेका समुदायको उत्थान लगायत क्षेत्रमा सरकारको ध्यान जानुपर्ने आग्रह गर्नुभयो ।

    मन्त्रीको काम कारवाहीलाई प्रभावकारी बनाई सबै स्थानमा समान ढङ्गको विकास निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिएको पनि उहाँले बताउनुभयो ।

    जवाफमा प्रधानमन्त्री ओलीले विकास निर्माणको सही मार्गमा मुलुक अघि बढेकाले केही समय लागे पनि देशको आर्थिक समृद्धिको मुहार फेरिने बताउनुभएको सांसद रोकायाले जानकारी दिनुभयो ।

    छलफलमा सांसद खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, नन्दलाल रोकाया, पूर्णकुमारी सुवेदी, हिराचन्द्र केसी, तुलसा थापालगायत सहभागी हुनुहुन्थ्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij