आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि

  • प्रकाशित मिति : शुक्रबार, भदौ १, २०७५



  • काठमाडौं, भदौ १ । भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको शुक्रबार पूर्णराजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

    नयाँदिल्लीस्थित यमुना नदीको किनारको स्मृतिस्थलमा बाजपेयीको अन्त्येष्टि गरिएको हो ।

    त्यसअघि, स्मृतिस्थलमा परिवारजन र उच्चपदस्थ व्यक्तिहरुले स्व. बाजपेयीप्रति अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

    नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत विभिन्न देशबाट अन्त्येष्टिमा सहभागी हुन गएका विदेशी पाहुनाहरुले पनि सोही स्थलमा श्रद्धाञ्जलि दिएका थिए ।

    भारतीय सेनाका स्थल, जल र हवाई सेनाका टुकडीहरुले स्वर्गीय बाजपेयीप्रति सम्मानगारद अर्पण गरेका थिए ।

    त्यसअघि, शुक्रबार बिहान ११ बजेदेखि बाजपेयीको पार्थिव शरीर दीनदयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको थियो ।news

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, गृहमन्त्री राजनाथ सिंहलगायत भाजपका नेता, कार्यकर्ता तथा सर्वसाधारणले बाजपेयीलाई श्रद्धाञ्जलि दिएका थिए ।

    भाजपा मुख्यालयबाट शुक्रबार दिउँसो शवयात्रासहित पार्थिव शरीर यमुना नदी किनारको स्मृतिस्थलमा पुर्‍याइएको थियो ।

    लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको बिहीबार उपचारकाक्रममा नयाँदिल्लीस्थित एम्स अस्पतालमा ९३ वर्षको निधन भएको थियो ।

    बाजपेयी सन् १९९६ मा १३ दिन, सन् १९९८ देखि १९९९ सम्म र सन् १९९९ देखि सन् २००४ मा गरी तीनपटक भारतको प्रधानमन्त्री बनेका थिए ।

    भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ले सम्मानित बाजपेयीको निधनमा सात दिनसम्म औपचारिक कार्यक्रम नगरी शोक मनाइने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भारत सरकारले गरेको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij