प्रकाशित मिति : आइतवार, साउन २३, २०७३
२३ श्रावण
डि टेन ईन्टरटेन्मेन्ट त्रिपुरले यहि जेष्ठ १ देखि संचालन गरिरहेको प्रतिस्ठित,बहुप्रतिस्ठित,बहुप्रतिक्षित तथा प्रतिस्पर्धात्मक नृत्य बिद्याको महा भिडन्त मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि)को डान्स आईकन दाङ (डि.आई.डि.)को डाईरेक्टर्स राउन्ड भाद्र ४ गते घोराीह स्थित होटेल भिग्रेलि भिलेजमा आयोजना हुने भएको छ ।
कूल ७० जना प्रतिस्पर्धीहरुले टप ३० मा पर्ने गरी जज राउण्डका लागि प्रतिस्पर्भा गन आयोजकले जनाएको छ ।
वेष्टर्न डान्स, सेम फर्ममा पर्फमेन्स गर्नुपर्ने आयोजकले जनाएको छ । यसका लागि प्रतिस्पर्धीहरुलाई अग्रिम सूचित गरिसकिएको ब्राण्ड एम्बेसडर लोसिना लामिछानेले जानकारी दिनुभयो । डाईरेक्टर्स राउन्डमा नेपालकि चर्चित नृत्याङ्गणा, मोडल पार्वति राईले मुख्य जजको भुमिका निर्वाह गर्नुहुने भएको छ भने सहायक जजमा चर्चित नृत्याङ्गणा, मोडल तथा गायिका सलिना गहतराजले गर्नुहुने छ ।
दाङ जिल्लालाई आधारमानेर जिल्लामा मध्यपस्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) सर्वाधिक ठूलो धनरासिको हो । यसमा प्रथम हुने ले नगद रु. १ लाख ११ हजार एकसय एक रुपैयाँपाउने छन् भने ५ वटा म्युजिक भिडियोहरुमा मोडलिङ्ग गर्ने अवसर, मोबाईल सेटहरु,आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन् । प्रतिस्पर्धा कूल ५ वटा बिद्याहरुमा हुनेछ जस अनुसार फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाईस अवार्ड , डाईरेक्टर्स च्वाईस अवार्डर जज च्वाईस अवार्ड समेत समावेश गरिने छ । बिजेता हरुलाई कुनै न कुनै उपहारको साथमा आकर्षक मेडल,प्रमाण पत्रले बिभुषित गरिने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij