मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

परिवारका सबै सदस्य बेरोजगार भए ‘बेरोजगार भत्ता’ पाइने

  • प्रकाशित मिति : आइतवार, भदौ १७, २०७५



  • news

    काठमाडौं । परिवारका सबैजना सदस्य बेरोजगार भएमा सरकारले सकेसम्म काम नसके निर्वाह भत्ता दिने भएको छ ।

    संसदमा मौलिक हकका रुपमा रहेको रोजगारसम्बन्धी विधेयक पारित भएमा जागिर नभएकालाई सरकारले क्षमताअनुसार काम र नसकेमा बेरोजगार भत्ता दिनुपर्नेछ ।

    संविधानको मौलिक हकमा राखिएको रोजगारीको हकसम्बन्धी बनेको विधेयकले परिवारमा कुनै पनि सदस्य जागिरमा संलग्न भएमा निर्वाह भत्ता दिने ब्यवस्था गरिएको हो

    तर, कसैले पनि झुठो विवरण पेश गरेर भत्ता लिन भने पाइने छैन् । कुनै पनि ब्यक्ति बेरोजगार बस्नु परेमा रोजगार केन्द्रमा नाम लेखाउनु पर्नेछ ।

    सूचीकृत भएका बेरोजगार ब्यक्तिलाई सकेसम्म काम नसके पनि मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको सय दिन बराबरको रकमको ५० प्रतिशत रकम दिनेगरी विधेयक मस्यौदामा व्यवस्था गरिएको छ । विधेयक संसदमा दर्ता भएर छलफलको क्रममा छ ।

    सांसदबीच छलफल हुँदै गरेको विधेयकमा एक परिवारमा कोही पनि जागिरे नभएमा निर्वाह भत्ता दिनेगरी व्यवस्था गरिएको हो । -नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij