शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौंका यी ६ स्थानमा फ्रि वाइफाइ सेवा

  • प्रकाशित मिति : आइतवार, भदौ १७, २०७५



  • Colorful WiFi symbol in three dimensional shape

    काठमाडौंका हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाइफाइ सेवा सुरू गरिएको छ।

    काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्ध, बालाजु बाइसधारा उद्यान र शंखपार्कमा फ्रि वाइफाइ सेवा सुरू गरेको हो।

    वर्ल्ड लिंकको साझेदारीमा सुरू गरिएको सो सेवाको एक कार्यक्रमबीच उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरूमा फ्रि वाइफाइ सेवा सञ्चालनमा ल्याइएको स्पष्ट पारे।

    उनले काठमाडौंलाई स्मार्ट सिटीको रूपमा विकास गर्न प्रविधिसम्बन्धी अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे।

    मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने घोषणा पनि गरे। उनले काठमाडौंलाई स्मार्ट सिटीको रूपमा विकास गर्न निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिने नीति लिइएको पनि स्मरण गराए।

    सो सेवालाई सुरू गर्न काठमाडौं महानगरपालिका र वर्ल्ड लिंकबीच गत चैत १८ गते नै समझदारी भएको थियो। यसबीचमा परीक्षण गरेपछि मात्रै सो सेवाको औपचारिक उद्घाटन गरिएको  पनि मेयर शाक्यले जानकारी दिए।

    सो सेवाका लागि महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन। वर्ल्ड लिंकको आर्थिक तथा प्राविधिक व्यवस्थापनका ती स्थानहरूमा फ्रि वाइफाइ सेवाको व्यवस्था गरिएको हो।

    यी क्षेत्रमा मोबाइलमा अटोमेटिक वाइफाइ कनेक्ट हुने व्यवस्था गरिएको छ।

    सेवामा सबैको पहुँच पुगोस् भनेर एक पटक वाइफाइ चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्नेछ। तर, अर्को एक्सेस प्वाइन्टबाट सो सेवा लिन पाउने व्यवस्था गरिएको वर्ल्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij