प्रकाशित मिति : मङ्लबार, साउन २५, २०७३
काठमाडौ । नेपाली बजारमा तीनदिन देखि सुनको भाउ स्थिर रहेको छ ।
दिनहुँजसो घट्ने र बढ्ने भईरहेको सुनको भाउ योसाता भने स्थिर रहेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ५८ हजार ९ सय, तेजावी सुन प्रतितोला ५८ हजार ६ सय ५० रुपैयाँमा कारोवार भईरहेको छ ।
यस्तै, चाँदीको भाउ पनि तीन दिनदेखि घटवढ भएको छैन । चाँदी अहिले पनि प्रतितोला ८ सय ९० रुपैयाँमा कारोवार भईरहेको छ । महासंघले यो साता आइतवार देखिनै सुनचाँदीको भाउ स्थिर रहेको जनाएको हो ।
गत साता सुनको भाउ तोक्ने अन्तिम दिन शुक्रवार छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँ थियो । तीज नजिकिंदै गइरहेको वेला सुनको भाउ नघटेकाले ग्राहक भने सुन खरिदका लागि कम संख्यामा आउने गरेको व्यवसायीको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij