शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दसैँभर मनसुन सक्रिय हुने पूर्वानुमान

  • प्रकाशित मिति : शनिबार, अशोज २२, २०७३



  • सुनसरी  । असोज मनसुन अझै केही दिन सक्रिय हुने भएकाले दसैँको रौनकमा वर्षा बाधक बन्ने देखिएको छ । देशका विभिन्न क्षेत्रमा शुक्रबार पनि पानी परेकाले हिले दसैँ बन्ने चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन मनसुन लम्बिने सम्भावना छ । मौसमविज्ञ समीर श्रेष्ठले बुधबारदेखि बंगालको खाडी र अरेबियन सागरबाट निरन्तर जलवाष्प आइरहेकाले मनसुन लम्बिने सम्भावना रहेको बताए । नेपालबाट मनसुन अन्त्य हुने समय भइसके पनि पछिल्लो समय निरन्तर जलवाष्प आइरहेकाले दसँैभर वर्षा हुने उनले बताए । तर, ठूलो वर्षाको सम्भावना भने कम रहेको छ ।

    ठूलो पानी भने नपर्ने
    मौसमविज्ञ श्रेष्ठले भने, ‘दसैँभरि वर्षात भए पनि निरन्तर ठूलो पानी पर्ने सम्भावना कम रहेको छ ।’ छिटफुट वर्षा देशैभरि हुने प्रक्षेपण गरिएको छ । तर, हिमाली र पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने न्यून वर्षा हुने बताइएको छ । हिमाली र पहाडी क्षेत्रमा बादल भएकाले अलि धेरै वर्षा हुने देखिएको हो । एक हप्तापहिला पश्चिम नेपालतिर जलवाष्प घट्दै आएकाले मनसुन सकिने अनुमान गरिएको थियो ।

    पश्चिम नेपालदेखि पूर्वी नेपालतिर जलवाष्प सर्दै जानुलाई मनसुन सकिने संकेतका रुपमा लिने गरिन्छ । तर, गत बुधबारदेखि अरेबियन र बंगालको खाडीबाट जलवाष्प निरन्तर आइरहेकाले मनसुन लम्बिने देखिएको हो । यो अवधिको वर्षाको सबैभन्दा मार दसैँ मनाउन घर फर्कने तथा टीका थाप्न जानेहरूलाई पर्ने देखिएको छ । वर्षात भइरहेकाले राजमार्गवरिपरि पहिरो खसेर बाटो अवरुद्ध हुने सम्भावना पनि देखिएको छ । दशमीको दिन बेलुकादेखि भने मौसममा सुधार हुने अनुमान गरिएको छ ।

    गत वर्ष पहिले नै सकिएको थियो मनसुन
    गत वर्षको मनसुन दसँैको घटस्थापना भन्दा अगाडि नै सकिएको थियो । गत वर्ष मनसुन ३० जेठदेखि सुरु भई १६ असोजमा सकिएको थियो भने घटस्थापना त्यसको १० दिनपछि सुरु भएको थियो । यस वर्षको मनसुन करिब एक हप्ताजसो ढिलो १ असारदेखि सुरु भएको थियो । नेपालमा २८ जेठदेखि ७ असोजको समयलाई मनसुन समयका रूपमा लिइन्छ ।

    तराई क्षेत्रमा कम वर्षा
    यस वर्षको मनसुनमा हिमाली र पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा कम वर्ष भएको विभागको तथ्यांकले देखाएको छ । तराईको विराटनगर, जनकपुर, सिमरा, भैरहवा, दाङ, नेपालगन्ज र धनगढी क्षेत्रमा कम वर्षा भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij