शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जब हेलो सरकारलाई ‘भगवान’ भनेर म्यासेज आयो…

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • काठमाडौँ   । ‘दिदी नमस्ते आज तपाईको सहायोगले सायद मेरो जीवन बाँच्छ । तपाइँलाई धन्यवाद दिन पाइएन । तपाइँको अफिसबाट नम्बर लिएर फोन गरेको हुँ । तपाइँ व्यस्त भएर नउठेको होला । यु आर माइ गड । थ्यांक्यु भेरी मच दिदी ।’

    सेप्टेम्बर ८ तारिखका दिन हेलो सरकारमा कार्यरत कर्मचारी सीता ढकालको मोवाइलमा आएको म्यासेज हो । बाग्लुङ्गका नारायण न्योपानेले हेलो सरकारमा गुनासो गरेपछि गुनासो कार्यान्वयन भएपछिको म्यासेज हो ।

    नारायण न्योपाने क्यान्सरको विरामी उपचारका लागि पटक पटक अस्पतालमा भर्ना हुँदा पनि उनको अप्रेशन भइरहेको थिएन । न्योपाने अप्रेशनका लागि तीनपटक टिचिगं अस्पतालमा भर्ना भएका थिए तर डाक्टरले उनको उपचारमा ध्यान दिइरहेका थिएनन् । चौथो पटक उनले हेलो सरकारमा फोन गरेर गुनासो गरे । फोन उठाउने सीता ढकाल नै थिइन् ।

    न्योपानेको गुनासो सुनेपछि सीताले तत्कालै स्वास्थ्य मन्त्रालयमा फोन गरिन् । तर, स्वास्थ्य मन्त्रालयले तत्कालै रेस्पोन्स देखाएन ।

    अनि उनले सिधै टिचिगं अस्पतालमा नै फोन गरिन् । त्यहाँका डाक्टर अरुण पाण्डेसँग फोनमा सीताको सम्पर्क भयो । संयोग, डा.अरुणलाई न्योपानेको बारेमा सबै कुरा थाह थियो । सीताले सबै कुराको जानकारी लिएर अरुणलाई तत्कालै ती विरामीको के गर्नुपर्छ गर्नुहोला निर्देशन दिएपछि डाक्टरले त्यही दिन न्योपानेलाई बोलाएर भर्ना गरे र त्यसको भोलीपल्ट अप्रेशन गरे । अप्रेशन भएकै दिन न्यापानेले मसिनो स्वरमा सीतालाई फोन गरेर भनिन् अप्रेशन भयो अब अरु केही थप भयो भने खबर गरौला, विरामी भएको कारणले त्यति मात्र भन्न पाए ।

    अलि निको भएपछि न्योपानेले हेलो सरकारमा फोन गरेर सीतालाई खोजे तर सीता त्यो दिन ड्युटीमा थिइनन् । त्यहीबाट उनले सीताको मोवाइल नम्बर पनि मागे । फोन गर्दा सीताको मोवाइल फोन नउठेपछि न्योपानेले एसएमएस गरेर धन्यवाद दिएका थिए ।

    हेलो सरकारको तर्फबाट आज आयोजना गरेको पत्रकार सम्मेलनमा सीताले भनिन्, यस्ता उदाहारणहरु कति कति छन् जसलाई हामीले समाधान गरेका छौँ ।’

    सहसचिव दमोदर रेग्मीले भने, ‘चावहिलदेखि रत्नपार्कसम्म आउँदा बढी लिएको भाडा हामीले फिर्ता गराएका छौँ । यस्तै उपत्यका बाहिर पनि गौरमा गाडीले बढी भाडा लिएको थियो हामीका कहाँ गुनासो आयो हामीले तुरुन्त एक्सन लियौं । यात्रुले भाडा फिर्ता पाए ।’

    बत्ती नआएको, चोरी भएको, किरिया बस्न नदिएको, गाई, कुकुर बाटोमा मरेको, बढी भाडा लिएको, बाटोबाट फोहर नउठेको लगायतका गुनासो तत्कालै फर्छयौट गरेको सहसचिव दामोदरले बताए ।

    दसैँैंमा टेलिकमको गुनासो उपत्यका भन्दा बढी बाहिरबाट आएको छ । उपत्यकाबाट २५ लाख मानिस बाहिर गएका छन् ती सबैको लोड टेलिकममाथि नै परेको र त्यसले फोन नलाग्ने, फोन नटिप्ने, लागेपनि कुरा नहुने कटिहाल्ने जस्ता समस्या बढी देखिएको हेलो सरकारले जनाएको छ ।

    यस्तो समस्या जाजरकोट, हुम्ला, पर्वतलगायतका जिल्लामा बढी देखिएको बताइएको छ । दसैँैको विदा अवधिमा ९४ गुनासो आएको जनाएको छ । असोज १ गतेदेखि २६ गतेसम्म १४ सय ४४ गुनासो आएको छ । त्यसमध्ये पाँचसय ४७ फछ्र्यौट भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij