प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
काठमाडौ । काठमाडौँलगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।भक्तपुरदेखि ३ किलोमिटर दक्षिण(पश्चिम केन्द्रविन्दू बनाएर आज आइतबार बिहान ४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकन जियोलोजिकल सर्भेले जनाएको छ ।
सर्भेका अनुसार स्थानीय समय बिहान करिब ५ बजेर ६ मिनेट जादा धुकम्पको धक्का महसुस भएको हो ।तर राष्ट्रिय भूकम्प मापन केन्द्रले चाहिँ सिन्धुपाल्चोक केन्द्रविन्दू बनाएर ५ बजेर ६ मिनेटमा भूकम्प गएको जनाएको छ । सो धक्का ४.७ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ । जुन २०७२ सालको गोरखा बारपाक भूकम्पकै परकम्प रहेको जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij