शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अब नेपालमै ग्यास उत्पादन : ललितपुरमा निस्किएको ग्यास मन्त्रीले बाले

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ५, २०७३



  • ललितपुर  । ललितपुर इमाडोलमा परिक्षणपछि निस्किएको प्राकृतिक ग्यास मिथेन बालेर उद्योगमन्त्री नविन्द्रराज जोशीले बलेर उद्घाटन गरेका छन् । खानी विभाग,पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस र नास्टको संयुक्त परिक्षणपछि इमाडोलमा शुक्रबारबाट मिथेन ग्यास उत्पादन शुरु भएको हो ।

    उद्योगमन्त्री नवीन्द्रराज जोशीले इमाडोल क्षेत्रको प्राकृतिक ग्यास भण्डारणको परीक्षण गरे । उनले परीक्षणपछि टेकु लगायत अन्य संभावित क्षेत्रमा पनि प्राकृतिक ग्यास उत्खननको काम शुरु गर्ने बताए । उनले सरकारी टोलीले अपेक्षा गरेअनुरुप ग्यास नआएपनि अन्य क्षेत्रमा प्राथमिकताका साथमा ग्यास उत्खनन् गर्न सरकार लागिपर्ने बताए ।

    इमाडोलमा परिक्षण उद्घाटन गरिए पनि यो व्यावसायिक उत्पादन भने होइन । व्यावसायिक उत्पादनका लागि सरकारले धेरै काम गर्न बाँकी रहेको खानी विभागका महानिरिक्षक राजेन्द्र खनाल बताउँछन् । व्यावसायिक उत्पादनका लागि धेरै परिमाण ग्यास हुन आवश्यक रहेको त्यसको पनि परिक्षण हुन बाँकी छ ।

    ग्यास उत्खनन् टोलीका सदस्य इन्जिनियर सुबास पौडेलले इमाडोल लगायत काठमाडौंका विभिन्न भागमा ग्यास भण्डारण रहेको बताए । उनले प्राकृतिक ग्यासलाई भण्डारण गरेर मात्र वितरण गर्न सकिने बताए । इन्जिनयिर पौडेलले इमाडोलमा प्राकृतिक ग्यास यति नै छ भन्ने यकिन नभएको बताए ।

    थापाथली इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक राजकुमार चौलागाईले प्राकृतिक ग्यास उत्खनन गर्दा पानीको मात्रा बढी हुने बताए । उनले ग्यास शुद्धिकरण गरेर मात्र प्रयोगमा ल्याउन सकिने भएकाले सोही अनुसारको पूर्वाधार तयार पारिएको जाकारी दिए ।

    काठमाडौंमा २७ वर्षअघि नै जापानी नियोग जाइकाले प्राकृतिक ग्यास उत्पादन गर्न सकिने प्रतिवेदन दिएपछि त्यसको उत्खनन्को काम शुरु भएको थियो । तर सरकारी निकायले प्राकृतिक ग्यास निकाल्ने काममा चासो नदेखाएपछि बढ्न सकेको थिएन ।

    इमाडोलको परिक्षण प्लान्ट बनाउन ५० लाख लागत लागेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij