आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कतार भिसा सेन्टरबाट नेपाली श्रमिकलाई के फाइदा ?

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५



  • काठमाडौं । नेपाल र कतारबीच बुधवार र बिहीवार दोहामा हुने वार्तामा काठमाडौंमा कतार भिसा सेन्टर स्थापनाको सहमति हुने अपेक्षा गरिएको छ।

    नेपालमा कतार भिसा सेन्टर स्थापनाका लागि वार्ता गर्न नेपाली प्रतिनिधिमण्डल कतार पुगिसकेको छ।

    आप्रवासी श्रमिक लिने प्रकृयालाई सहज बनाउने भन्दै कतारले गत वर्षबाट धेरै कामदार पठाउने आठ देशमा २० वटा भिसा सेन्टर स्थापना गर्ने बताएको थियो।

    दक्षिण एसियामा यसअघि नै श्रीलंकामा एक, बाङ्लादेश र पाकिस्तानमा दुई(दुई खुलिसकेका छन्। भारतका विभिन्न शहरहरूमा समेत केन्द्रहरू खोल्ने तयारी कतारले गरेको छ।

    के हो भिसा सेन्टर ?
    कतार सरकारका तर्फबाट खोलिने यस्तो केन्द्रले शून्य लागतमा कामदार पठाउने व्यवहारिक आधारहरू तयार गर्ने नेपाली अधिकारीहरूले बताएका छन्।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले भिसा केन्द्र स्थापना गर्दा बिचौलियाहरूले अनेक नाममा मोटो रकम असुल्ने बाटो बन्द हुने बताउँछन्।

    उनले भने, ‘श्रमिकहरूको खर्च राहदानी बनाउन मात्र हुने र सबै प्रक्रिया नेपालमै सकेर कतारमा सिधै कार्यस्थलमा पुग्ने परिवेश तयार हुनेछ।’

    भिसा सेन्टरलाई दिनुपर्ने सेवा शूल्क समेत रोजगारदाताले व्यहोर्नुपर्ने माग नेपाली पक्षले गर्नेछ।

    भिसासेन्टरबाट नेपाली श्रमिकलाई कस्ता सेवा ?
    भिसा सेन्टर कतारबाट रोजगारीका अबसरहरु बारे सूचना उपलब्ध गराउने जनाइएको छ । भिसा सेन्टर कतारमार्फत नै कतारका लागि प्रवेशाज्ञा एवं श्रम पत्र जारि हुने व्यबस्था गरिएको छ ।
    भिसा सेन्टरमार्फत श्रमिक र रोजगारदाताबीच अन्तिम श्रम सम्झौताका लागि वातावरण तय गर्ने र स्वास्थ्य जाँच गराउने व्यबस्था गरिएको छ ।

    यसअघि भिसा केन्द्र स्थापना भएका देशमा त्यहाँका प्रमुख भाषाहरूमा यी सेवाहरू उपलव्ध छन्।
    नेपाल र कतारबीच अनौपचारिक रुपमा यसबारे सकारात्मक छलफल भएसँगै कतारी पक्षले सम्झौता अगावै तयारी थालिसकेको छ।

    बिहीवार सकिने वार्तामा दुवै देशहरू यसमा सहमत भए दुवै देशका मन्त्रिपरिषदबाट अनुमोदन भएर मन्त्रिस्तरमा सम्झौतामा हस्ताक्षर हुनेछ।

    सन् २००५ मा नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता भएको थियो।

    त्यसयता आप्रवासनका विषयमा खासगरी श्रमिकहरुको सुरक्षित बसाई र कार्यस्थलबारे पहिले नसोचिएका परिवेशहरू सिर्जना भएका छन्।

    अहिलेसम्म कार्यस्थलको बिमालाई मात्र सम्झौताले बाध्यकारी माने पनि अब त्यसलाई चौबिसै घण्टा लागु हुने गराउन पहल गरिएको नेपाली अधिकारीहरु बताउँछन्।

    श्रम सचिव दाहाल थप्छन्, ‘रोजगारदाताले कार्यालय प्रयोजनबाहेक अरुबेला राहदानी राख्न पाउने छैनन्। सेवा(सुविधाबारे समेत उनीहरुले पहिल्यै स्पष्ट पार्नुपर्ने हुन्छ।’

    चार लाख पचास हजारभन्दा बढि नेपालीहरू रहेको कतार नेपालको विप्रेषण प्राप्त गर्ने प्रमुख मुलुक हो।
    कतारको तथ्याङ्क निकायको विवरण अनुसार त्यहाँ हरेक २० मानिसहरूमध्ये तीन नेपाली छन्।

    सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न गइरहेको कतारले श्रमिकहरूको अवस्थाबारे मानवअधिकारका कोणबाट थुप्रै आलोचनाहरु सामना गरेको थियो।

    त्यसपछि उसले आफ्ना नीतिगत व्यवस्था तथा सेवासुविधाहरूमा सुधार गर्न लागेको र उनीहरु रक्षात्मक अवस्थामा रहेको जानकारहरु बताउँछन्।

    वैदेशिक श्रम मामिलाका विज्ञ प्राध्यापक गणेश गुरुङ भन्छन्, ‘नेपालका लागि आफ्ना मागहरूमा मोल मोलाइ गर्ने यतिखेर सबैभन्दा उपयुक्त समय हो।

    भिसा सेन्टरले कामदारलाई सहज त गराउँछ नै तर हामीले अब अदक्ष कामदारहरूलाई पनि दक्ष बनाएर पठाउन सकिनेगरी सीप विकास केन्द्रहरू स्थापना गरिदिन कूटनीतिक पहल गर्नुपर्छ।

    यो अवसरलाई कतारसँगको सम्बन्धलाई समग्रतामा हेरिनुपर्ने गुरुङको विचार छ।

    ‘यही धरातलमा टेकेर कतारमा राम्रो मूल्य र माग भएको अर्ग्यानिक तरकारीदेखि पानीसम्मको व्यापार गर्ने तयारीसाथ नेपाल उपस्थित हुनुपर्छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij