आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धर्मगुरु हत्याको इरानद्वारा निन्दा

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • तेहरान। गत मङ्गलबार फ्रान्समा भएको धर्मगुरु हत्याकाण्डको इरान विदेश मन्त्रालयले बिहीबार निन्दा गरेको छ ।

    सिरियाको इस्लामिक स्टेट (आइएस) जिहादी समूहले एक १३ बर्षीय केटोलाई प्रयोगगरी सो हत्या गर्न लगाएको थियो । इरानको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले सो जानकारी दिएको छ ।

    फ्रान्सको नर्मान्डीस्थित एक चर्चमा गत मङ्गलबार ८४ वर्षीय क्याथोलिक धर्मगुरु हत्या भएको थियो । यस्ता अमानवीय र घृणितकार्य अवश्य निन्दालायक छ भनी मन्त्रालयका प्रवक्ता बहरम घासेमी बताउनु भएको छ ।

    नर्मान्डी राज्यको सेन्ट एतिने डुरौभरे शहरमा भएको उक्त आक्रमणबाट वयोवृद्ध धर्मगुरु आतङ्ककारी हमलाबाट मृत्यु भएको फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले पुष्टि गर्नुभएको थियो ।

    राष्ट्रपति अलान्दले घटनालाई कायरतापूर्ण आक्रमण बताउँदै फ्रान्समाथि एकपछि अर्को गर्दै विगत १८ महिनामा आतङ्कवादी हमला भएका र आतङ्कवादसँग जुध्न सबै नागरिकबीच एकताको खाँचो रहेको बताउनुभएको थियो ।

    मुलुकमा एकपछि अर्को गर्दै इस्लामिक स्टेट (आईएस) समूहबाट गराइएका घटनाले फ्रान्समा आतङ्कवादी आक्रमणको विद्यमान भयलाई सबै मिली समाधान गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij