प्रकाशित मिति : शनिबार, साउन १५, २०७३
हेटौडा । शुक्रबार मकावानपर प्रहरीले ग्यास सिलिन्डर भित्र लुकाई लागूऔषध ल्याएको अवस्था लागू औषध ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।
पाच केजीको ग्यास सिलिन्डरको पिंध काटेर काठमाडौं लैजाने प्रयास गर्दा फिनार्गन ६ सय एक एम्पुल र डाइजेपाम ३ सय एम्पुल सहीत मकवानपुर टिष्टुङ ६ घर भई काठमाडौं बौद्ध बस्ने सुरजसिंह ठकुरी र सप्तरीको राजविराज घर भएर नारायणथान बस्दै आएकी सुनिता शर्मालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
राटोमाटेमा चेकिङ गर्ने क्रममा ना १ ज २८९३ नम्बरको सुमो रिजर्भ गरेर ल्याइएको अवस्थामा ग्यास सिलिन्डरभित्र लागूऔषध फेला परेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij