प्रकाशित मिति : शनिबार, साउन १५, २०७३
लहान । महिला मानवअधिकारकर्मी देवकुमारी रामलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका रामआशिष महराविरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको छ ।
अधिकारकर्मी रामलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका सिरहाको अर्नामा–१ निवासी ४३ वर्षीय महरामाथि सिरहा प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको हो ।
अधिकारकर्मी रामको उजुरीको आधारमा महरालाई बिहीबार पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
अर्नमाकी १२ वर्षीय बालिकासँग महराले असार ३० गते दोस्रो विवाह गर्न लाग्दा आफूले बाल विवाह गर्न रोकेका कारण महराले ज्यान मार्ने धम्की दिएको अधिकारकर्मी देवकुमारीले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij