आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यो वर्ष इतिहासकै गर्मी वर्ष !

  • प्रकाशित मिति : शनिबार, साउन ८, २०७३



  • साउन ७ – यो वर्ष अहिलेसम्मकै गर्मी वर्ष हुने संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्लुएमओले जनाएको छ । यो वर्ष अर्थात सन् २०१६ को पहिलो ६ महिनामा तापक्रम बढ्ने क्रम नरोकिएको डब्लुएमओले जनाएको छ । एकपछि अर्को महिना तापक्रम बढ्दै गएकाले यो वर्ष इतिहासकै गर्मी वर्ष बन्ने डब्लुएमओले चेतावनी दिएको हो ।

    विश्वव्यापी रुपमा भइरहेको मौसम परिवर्तन अर्को उचाइमा पुगेको डब्लुएमओका महासचिव पेट्री टालासले बताउनुभयो । एल निनो मौसमी प्रणली तथा हरितगृह ग्यासका कारण तापक्रम वृद्धी भएको हो ।

    यही अवस्था कायम रहे विश्वका धेरै ठाउँमा तातो हावा चल्ने, ठूलो पानी पर्ने तथा आँधी आउन सक्ने डब्लुएमओले चेतावनी दिएको छ । हिउँ पग्ले क्रम तीब्र भएको तथा कार्बनडाइअक्साइडको मात्रा बढेकाले पनि थप समस्या हुन सक्नेछ ।

    – स्रोत : युएन

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij