प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३
दाङ देउखुरी जिल्ला अदालतले अपहरण मुद्धामा दोषी ठहर गरेको तर फरार रहेका एक जनालाई ७ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । अपहरण मुद्धामा दुई बर्ष जेल र १२ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएका बेला गाबिस ७ बस्ने बिष्णु यादब लाई आईतबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङको फरार अभियुक्त तथा दोषी पक्राउ बिषेश अभियान अन्तरगत अदालतबाट २०६६ साल भदौ १४ गते दोषी ठहर भएका याबदलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । यादबलाई आवश्यक कार्वाहीको लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij