आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोली लागी घाइते गैंडा आज चितवन राष्ट्रिय निकुञ्जमा

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३



  • चितवन– रौतहटको तिलेश्वर सामुदायिक वनमा गोली लागी घाइते अवस्थामा भेटिएको एकसिङ्गे गैंडा आज चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।

    चन्द्रपुर–२, गैंडाटारको सो सामुदायिक वनमा शनिबार बिहान घाइते अवस्थामा गैंडा फेला परेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार सो गैंडालाई सौराहाको गैंडा क्याम्पमा छाडिएको छ ।

    गैंडाको चिकित्सकको प्रत्यक्ष निगरानीमा आजैदेखि थप उपचार सुरु गरिने उनले बताए । प्राथमिक उपचार गरेर शनिबार बेलुकादेखिको प्रयासपछि गरेर गैंडा बेहोस बनाई ट्रकमा राखेर सो वनबाट आज बिहान ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।

    उनका अनुसार सो भाले गैंडालाई छ ठाउँमा गोली लागेको छ । नौदेखि १२ इन्चसम्म गहिरो घाउ बनेर गोली छिरेको उनले बताए । झन्डै एक वर्षयता १५ वर्ष उमेरको सो गैंडा सोही सामुदायिक वनमा बस्दै आएको स्थानीयवासीलाई उद्धृत गर्दै चौधरीले बताए ।

    उनले भने, “यो गैंडा स्थानीयवासीसँग चिरपरिचित भइसकेको रहेछ । धान खान गाउँ जाने, गाउँलेले खेदेपछि जङ्गल छिर्ने गर्दै आएको रहेछ ।” स्थानीयवासीका अनुसार सोही सामुदायिक वनमा गत वर्ष दुई गैंडा पनि देखिएका थिए ।

    निकुञ्जसँग नजोडिएको भए पनि पर्सा वन्यजन्तु आरक्षबाट सो क्षेत्रमा गैंडा गएको हुन सक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij