आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भरुवा बन्दुकले हानेर २ को हत्या

  • प्रकाशित मिति : सोमवार, भदौ ६, २०७३



  • गढुवा ५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ बर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

    एसपी सिंहका अनुसार गोलिलागि गम्भिर घाईते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा वाटोमै मृत्यु भएको थियो भने अर्का घाईते राजु रोकाको उपचारका क्रममा सोमवार विहानै मृत्यु भएको हो । गएराति खबरी नाकामा तीजको मेला लागेको थियो ।

    मेलामा पुगेका रोका द्धयलाई पुनले पुरानो रिसिवि साँध्न गोलि हानेको एसपी सिंहले बताए । एसपी सिंहले भने ‘ पुनले योजनावद्ध रुपमा आक्रमण गरेको देखियो , उसले पहिले नै भरुवा बन्दुक लुकाएर राखेको रहेछ , जव रोकाद्धय मोटरसाईकमा चढे लगतै उसले गोलि हान्दा एउटाको घाँटी छेड्दै अर्कालाई पनि गोलि लागेको पाईएको छ ।’

    एसपी सिंहले पुन र रोका द्धयका विचमा पहिले देखि नै मनमुटाव रहेको र उसले रिसिवि साँध्न योजनावद्ध तरिकाले आक्रमण गरेको बताए । साढे १० बजे मदिरा सेवन गरेका पुनले रोकाद्धय मोटरसाईकलमा चढ्ने वित्तिकै गोलि हानेको खुल्न आएको प्रहरीले बताएको छ ।

    मृतक राजु रोकाको शव अहिले प्राथमिक श्वास्थ्य केन्द्र लमहीमा पोष्टमार्टमका लागि राखिएको छ ।गोलि हाल्ने कर्णबहादुर पुन भने फरार रहेका प्रहरीले बताएको छ । पुन भागेर कतै जान नपाउन भनेर सबैनाका सिल गरिएको पनि एसपी सिंहले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij