आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासको जवाफमा उत्तरद्वारा मिसाइल प्रक्षेपण

  • प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३



  • प्योङयाङ   ।   उत्तर कोरियाले आफ्नो पूर्वी तट छेउबाट पनडुब्बीबाट बलिस्टिक मिसाइल प्रक्षेपण गरेको अमेरिका र दक्षिण कोरियाले दाबी गरेको छ ।
    अमेरिकी अधिकारीहरुका अनुसार सिन्पो नजिकैबाट केएन–११ मिसाइल प्रक्षेपण गरिएको हो । उक्त मिसाइल ५ सय किलोमटर पर पुगेर जापानको समुद्रमा खसेको थियो ।
    जापानका प्रधानमन्त्रीले उक्त मिसाइल जापानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन भित्र परेको बताउँदै यसलाई गैरजिम्मेवारपूर्ण कदमको संज्ञा दिएका छन् ।
    उत्तरको यो कदम अमेरिका र दक्षिण कोरियाले वार्षिक सैन्य प्रशिक्षण शुरु गरे लगत्तै आएको छ । यसअघि पनि प्योङयाङ यस्ता प्रशिक्षणबाट रुष्ट हुने गरेको थियो ।
    दुई देशले गर्ने यो प्रशिक्षणमा उत्तर कोरियाले दक्षिणमाथि हमला गरेको स्थितिमा के गर्ने भन्ने बारेमा हुनेगर्छ । यसमा दुई देशका ८० हजार सैनिक भाग लिने गर्छन् ।
    उत्तर कोरियाले भने यसलाई आक्रमणको तयारी बताउँदै परमाणु हमला गर्ने चेतावनी दिने गरेको छ ।
    पछिल्लो मिसाइल प्रक्षेपण जापान, चीन र उत्तर कोरियाका विदेश मन्त्रीहरुको बैठकको समयलाई पारेर पनि लक्षित भएको बिबिसीले जनाएको छ ।
    संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई बलिस्टिक वा परमाणु हतियार परिक्षण गर्न प्रतिबन्ध लगाए पनि पछिल्लो समय प्योङयाङले नियमित रुपमा यस्तो परिक्षण गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij