प्रकाशित मिति : सोमवार, भदौ १३, २०७३
काठमाडौं । जहाज उडाएर फर्कदै गर्दा बुद्ध एयरकाको पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमाको पाइलट स्वछन्द घले पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई चार दिनअघि उनलाई पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआजी नवराज सिलवालले बताए ।
उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुपति पत्र नम्बर ४०५ थियो ।
घलेको सर्टिफिकेट साथी राजकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाइ इन्जिनियर हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij