आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कास्कीमा एक भारतीय नागरिक पेस्तोल सहित पक्राउ

  • प्रकाशित मिति : बुधबार, भदौ १५, २०७३



  • पोखरा ।  कास्कीमा वुधवार एक भारतीय नागरिक पेस्तोल सहित पक्राउ परेका छन् । कास्कीको लेखनाथ नगरपालिका ८ शिशुवावाट उनी पक्राउ परेका हुन् । उनको नाम थर प्रहरीले खुलाएको छैन ।

    अमेरिकामा वनेको पेस्तोल साथमा लिएर हिड्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले पोखरामा सुनको कारोवार गर्ने र कहिले काही मार्वलको काम पनि गर्ने गरेको खुलासा भएको छ ।

    पक्राउ परेका व्यक्तिको वारेमा थप अनुसन्धान हुँदै गरेको कास्की प्रहरी प्रवक्ता गज्जुसिद्धी वज्राचार्यले जानकारी दिएका छन् ।

    पेस्तोल लिएर हिँडेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेका थिए । स्थानीयको प्रहरीले सूचना पाए लगत्तै सो व्यक्तिलाई घेरा हालेर पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij