आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तर्वार्ता लिन आएका ५४ वर्षीय सिद्धीकी ईब्राहिम हसन जबर्जस्ती करणीको आरोपमा पक्राउ

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • काठमाडौं– साउदी अरेबिया जान चाहने नेपाली कामदारसँग अन्तर्वार्ता लिन आएका ५४ वर्षीय सिद्धीकी ईब्राहिम हसन जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।gang-rape141

    मंगलबार राती १६ वर्षीया नेपाली युवतीलाई ठमेलस्थित होटल ताईमामा जबर्जस्ती करणी गर्न गर्न खोजेको उजुरीपछि महानगरीय प्रहरी वृत लैनचौरले उनलाई पक्राउ गरेको हो ।
    ‘हसनले जबर्जस्ती करणी गर्न खोजेपछी युवतीले आत्तिएर १०० मा फोन गरेपछि हामीले होटल ताईमा बाट उद्धार गरेका थियौं’ महानगरीय प्रहरी वृत लैनचौरका डिएसपी सोमेन्द्र सिंह राठौरले भने, ‘सम्माननिय जिल्ला अदालत काठमाडौंबाट मानव बेचविखन बिरुद्धको म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’
    एक साताअघि मात्र नेपाल आएका हसनले पाँच हजार दिन्छु भन्दै ताईमा होटलका कामदार दिपक माझीलाई बीस बर्षमुनिको सेक्स पार्टनर खोज्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हसनले युवती खोजिदिएबापत दिपकलाई नेपाली पाँच सय रुपैयाँ दिने बचन दिएका थिए ।
    सोही अनुसार काभ्रे स्थायी घर भएका माझीले युवतीलाई  प्रभावमा पारेर  हसन समक्ष पुर्याएका थिए ।
    होटलको कोठामा लगेर हसनले युवतीलाई जबर्जस्ती गर्न खोजेपछि भने उनले आत्तिएर प्रहरीलाई खबर गरेकी थिइन् ।
    मध्यरात युवती उद्धार गर्न होटल ताईमा पुगेको प्रहरी टोलीले हसन सहित बिस वर्षीय दिपक माझीलाई पनि पक्राउ गरेको छ ।
    हसनको साथबाट प्रहरीले १७२१६८३ नम्बरको साउदी अरेवियन राष्ट्रिय पासपोर्ट फेला परेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij