आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘शूभ मूहुर्त’ निकालेर भाइको हत्या !

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • कुनै पनि शुभ काम गर्नका लागि जसले पनि उचित दिन हेरेर पूजा पाठ गराएर आफ्नो काम गर्ने कुरा सामान्य हो । यस्तो कुरा नेपाली समाजमा व्याप्त छ । तर कुनै संगीन अपराध गर्नुभन्दा पहिले कुनै शुभ मूहूर्त निकालेर आफ्नै रगतको हत्या गर्ने कुनै सायद योभन्दा पहिले सुन्नुभएको थिएन होला । मुम्बईमा यस्तो घटना सार्वजनिक भएको छ ।

    मुम्बईको डोम्बिवली इलाकामा वास्तवमा नै यस्तो घटना घटित भएको छ जसमा एक व्यक्ति फूकफाक गर्ने व्यक्तिकोमा कुनै समस्या समाधान गर्नका लागि नभई आफ्नो दुश्मनको हत्या गर्नका लागि एउटा शूभ साइतको खोजीमा गएका थिए । साइत निकालेपछि ती व्यक्तिले साइत बमोजिम नै आफ्नै भाइको हत्या गरेका छन् ।

    जयदिप रसालले आफ्नै काकाको छोरा सतिश रसालको नकै क्रुरतापूर्वक हत्या गरेका छन् ।

    घटनाको कारण यस्तो प्रकारको छः
    केहि दिन पहिले जयदिपकी श्रीमती उनको खराब बानी र बेरोजगार भएका कारण आफ्नो बच्चालाई छोडेर अलग भएकी थिइन् । जब जयदिपको काकाको छोरालाई यसबारे जानकारी भयो तब उनी धेरैजसो जयदिपकी श्रीमतीलाई भेट्न उनको घर जाने गर्दथ्यो ।

    जयदिपकी श्रीमतीले सतिशलाई उनको बच्चाहरुसँग भेट गराइदिन आग्रह गर्दथिन् । सतिशले यही कुराको फाइदा उठाउँदै उनीसँग नाजायज सम्बन्ध बनाए तर जब जयदीपलाई यसबारे जानकारी भयो तब उनले यो कुरा सहन सकेनन् । निकै रिसाएका उनले साथी चन्दन गायकवाडसँग मिलेर आफ्नै भाइ सतिशको ज्यान दिने प्लान बनाए ।

    स्थानीय तान्त्रिक परशुरामसँग मूहूर्त निकालेपछि आफ्नो प्लानका अनुसार जयदिप र चन्दन पहिले सतिशसँग भेटे र पेट्रोल भर्ने बहानामा उनलाई सुनसान सडकमा लिएर गए र तान्त्रिकले दिएको चक्कुले जयदिपको गला काटेर उनको हत्या गरिदिए । छानबिनको क्रममा गत ९ सेप्टेम्बरमा क्राइम ब्रान्चले केही यस्ता प्रमाण फेला पारे जसले पुलिस हत्यारासम्म पुग्न सफल भयो । जयदिपले सोधपुछको क्रममा आफ्नो अपराध स्विकार गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij