आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पप्पु भागे, खुँडा–खुकुरी सहित गर्लफ्रेन्ड प्रहरी फन्दामा !

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • काठमाडौं   ।  लागु औषध सेवन तथा कारोवारमा संलग्न काठमाडौं–२९ म्हैपीका पप्पु महर्जन भागेपछी प्रहरीले उनको गलफ्रेन्डलाई पक्राउ गरेको छ । म्हैपी स्थित पप्पुको घरमा प्रहरी पुग्दा उनि त्यहाँबाट फरार भएका थिए ।

    ‘घरमै भेटिएकी पप्पुको गर्लफ्रेन्ड अनिता पुजारीलाई लागुऔषध याम्पुल ७३ थान सहित पक्राउ गरेका छौं’ महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डिएसपी सोमेन्द्र सिंह राठौरले भने, ‘घर चेकजाँचको क्रममा खुकुरी २ थान, खुँडा १ थान र एउटा चक्कु फेला परेको छ ।’

    पप्पुको गर्लफ्रेन्डलाई हिरासतमा राखेर अनुसन्धान थालिएको र पप्पुको खोजतलास कार्य जारी रहेको डिएसपी राठौरले बताए ।

    प्रहरीले पक्राउ गरेपछी अनिताले आफु लागु औषध सेवन नगर्ने बयान दिएकी छिन् । हात काटेको दाग धेरै देखिएकोले उनी समेत लागु औषध प्रयोगकर्ता हुनसक्ने प्रहरी वृत सोह्रखुट्टेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij