प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३
काठमाडौं । दुई अहिनाअघि स्वंभुस्थित आईडियल मोडल स्कुलको गाडी जलाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका कार्यकर्ता बताउने निर्मल मगर र चन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेर मुद्धा चलायो । पछि उनीहरु धरौटीमा छुटे ।
त्यतिवेला गाडी जलाउने समुहले मंगलबार बिहान राजधानीमा बम आतंक मच्चाएको प्रहरीले जानकारी दिएको छ ।
‘अहिले त्यहि समुहले बम आतंक मच्चाएको पाईएको छ’ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रधुम्न कार्र्कीले भने, ‘घटना स्थलमा पनि त्यहि संगठनको पर्चा भेटियो ।’
मंगलबार बम विष्फोट गराएको र बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालको केन्द्रिय समितिको पर्चा भेटिएको छ ।
बम आतंकमा संलग्न दुई जना पक्राउ परेको र अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij