प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३
काठमाडौं । राजधानीका विभिन्न ठाउँमा बम विस्फोट गराउने समूहले पहिलादेखि नै चेतावनी दिएको भएपनि सरकारले वास्ता नगरेको राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (एनप्याव्सन)ले बताएको छ । आफ्ना मागहरु कसैले नसुनेको भन्दै सुन्नेगरी केही गर्छौँ भनेर चेतावनी दिएको कुरा शिक्षामन्त्री र प्रहरीलाई जानकारी गराएपनि उनीहरुले केही पहल नगरेको एनव्याव्सनका अध्यक्ष कर्ण बहादुृर शाहीले बताए । ‘विद्यालयको बस जलएपछि मैले धेरैपटक आफै पहल गरेर बैठक बसाएँ, शिक्षा मन्त्री, राज्यमन्त्री दुवैजनालाई राजनीतिक समूहलाई सानोठूलो भन्न मिल्दैन वार्ताका लागि पहल गरीदिनुस भनेको हो’, शाहीले रातोपाटीसंग कुरा गर्दै भने ‘तर खै सरकारले के ग¥यो, जे भएपनि विद्यालयमा यसरी आतंक मच्चाउनु गलत हो ।’
उनले अगाडि भने
घटनाको विषयमा हामी अव बैठक बस्दै छौँ । साथीहरुले जानकारी दिएअनुसार ०६२ सालमा जव माओवादी शानित प्रकृयामा आयो त्यतिबेला यीनिहरुको एउटा ग्रुप छुट्टेर शसस्त्र आन्दोलन गर्ने भनेका रहेछन् ।
जनार्दन शर्मा ज्यू शान्तीमन्त्री भएको बेला पटक पटक वार्ता पनि भएको रहेछ । वार्ताको बेला भएका कागजात पनि मलाई हामीसंग वार्ताको समयमा देखाएका थिए ।
हामीलाई पत्राचार गरेपछि देबेन्द्र महतको अध्यक्षतामा भएको योङ्ग कम्युनिष्ट फोर्सको समूहसंग मैले वार्ता गरको हो । विद्यालयको बस जलएपछि मैले धेरैपटक आफै पहल गरेर बैठक बसाएँ । शिक्षा मन्त्री, राज्यमन्त्री दुवैजनालाई राजनीतिक समूहलाई सानोठूलो भन्न मिल्दैन वार्ताका लागि पहल गरीदिनुस भनेको हो ।
पछि उनीहरुले कसैले सुननेन् हाम्रो कुरा सुन्ने गरेर केही गर्छौँ भनेका थिए । हामीले त्यो बेला पनि गंभीर छलफल गरेको थियो । त्यो बेला समाएकोलाई पनि छोडिदिनुपर्छ भन्ने माग थियो ।
जे सुकै भएपनि शिक्षाको सुधार भनेको त बम राखेर विद्यार्थीलाई आतंकित पार्ने कुरा त होईन । उहाँहरुले स्कुलमा बम राखेर ससाना नानीहरुलाई यसरी किन आतंकित पारेको हो ? एकपटक ख्याल गरिदिनुपर्छ ।
पहिलो कुरा विद्यालय अनवरत रुपमा चल्नुपर्छ । संधैभरी विद्यालयलाई टार्गेट गर्नेविरुद्ध केही कार्यक्रम त गर्नैपर्छ । हामीले पहिलो सिम्बोलिक विरोध गर्छौँ त्यसपछि भएन भने थप कार्यक्रम घोषणा गर्छौँ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij