आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डेटिङ गएकी युवतीलाई प्रहरी भन्दै घले र खड्काले गरे सामूहिक बलात्कार

  • प्रकाशित मिति : बुधबार, अशोज ५, २०७३



  • काठमाडौं    । आफूलाई प्रहरी बताउने दुईजनाले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलात्कार गरेका छन् ।

    यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवतीमाथि बलात्कार गरेका हुन् । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    घटना गत १२ साउनमा बलाजुमाथिको मड्खु भ्यूटावरनजिकै भएको थियो । कपन बस्ने एक १८ वर्षीया युवतीलाई उनीहरुले भ्यूटावरनजिकै मकैबारीमा सामूहिक बलात्कार गरेका हुन् ।

    घले र खड्कालाई भक्तपुर प्रहरीले नगरकोटबाट पक्राउ गरेको हो ।

    यसरी भयो घटना
    त्यसअघि युवती आफ्ना प्रेमीसँग पशुपति मन्दिर घुम्न गएकी थिइन् । त्यहाँ प्रेमीसँग फोटो खिच्ने क्रममा घले र खड्काले आफूहरुलाई प्रहरी भएको बताएर सार्वजनिक स्थानमा अमर्यादित गतिविधि गरेको भन्दै नियन्त्रणमा लिए ।

    युवकलाई खड्काले तथा युवतीलाई घलेले नियन्त्रणमा लिएका थिए ।

    घलेले युवीलाई हिँडाउँदै पशुपति मन्दिरबाट चाबहिलसम्म पुर्याएपछि बालाजुस्थित प्रहरी कार्यालय लैजाने भन्दै बस चढाएर त्यसतर्फ लगेका थिए ।

    भ्यूटावरनजिक पुर्याएपछि यौनसम्पर्क गर्न दिए छाडिदिने र नदिए जेलमा थुनिदिने भन्दै धम्क्याएर मकैबारीमा सामूहिक बलात्कार गरेका थिउ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij